News Portal

बारेकोटमा २ जना डिस्चार्ज, ३ जनालाई कोरोना पुष्टि

३५६ पटक

बारेकोट गाउँपालिकामा सोमबार २ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन भने, ३ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट आईतबार ३ जनालाई कोरोना पुष्टि भएको हो ।

१४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट सोमबार १ जना महिला र २ पुरुष गरी ३ जनालाई कोरोना पुष्टि भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी कल्पना रोकायले जानकारी दिएकी छन् । हालसम्म बारेकोटमा ४४४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १५३ जनालाई कोरोना पुष्टि भएको अनमी रोकायले बताएकी छन् । अनमी रोकायले लिएको जानकारी अनुसार हालसम्म कोरोना पुष्टि भएका १५३ जना मध्ये ५६ जना महिला रहेका छन् भने, ९७ जना पुरुष रहेका छन् ।

हालसम्म ५६ जनाले कोरोना जितेर डिस्चार्ज भएको आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा बारेकोटले सोमबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । स्वास्थ्यकर्मीहरुको निगरानीमा होम आईशोलेसनमा रहेर उपचार गराई रहेका ८४ जना सक्रिय संक्रमितहरु मध्ये ४ जनाले कोरोना जितेर डिस्चार्ज भएको दैनिक प्रतिवेदन विवरणले देखाएको छ । प्रतिवेदन विवरणका अनुसार स्वास्थ्यकर्मीहरुको निगरानीमा ८० जना सक्रिय संक्रमित होम आइशोलेसनमा रहेका छन् । गाउँपालिको आईशोलेसनमा रहेर उपचार गराई रहेका ६९ जना संक्रमित मध्ये ५२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, १४ जना सक्रिय संक्रमितहरुको उपचार भई रहेको प्रतिवेदन विवरणमा भनिएको छ । उपचार भई रहेको १४ जना सक्रिय संक्रमितहरु मध्ये ५ जना महिला रहेका छन् भने, ९ जना पुरुष रहेका छन् । एक संक्रमित महिलाको दोस्रा पटक गरिएको परीक्षणले पनि कोरोना देखाएको हुदा उक्त महिलालाई संस्थागत आइशोलेसनमा राखेर उपचार भई रहेको अनमी रोकायले जानकारी दिएकी छन् ।

प्रतिकृया दिनुहोस्