News Portal

कुशेमा हालसम्म ५१७ जनाको कोरोना परीक्षण, ३१ जनालाई कोरोना पुष्टि, २ डिस्चार्ज

३६९ पटक

कुशे गाउँपालिकाले ५१७ जनाको कोरोना परीक्षण गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा कुशे गाउँपालिकाको स्वास्थ्य शाखाले ५१७ जनाको कोरोना परीक्षण गरेको हो ।

एन्टीजेन बिधीबाट ५१७ जनाको कोरोना परीक्षण गरिएको गाउँ स्वास्थ्य शाखाका संयोजक अमर जंग शाहले जानकारी दिएका छन् । हालसम्म ५१७ जनालाई गरिएको परीक्षणबाट ३१ जनालाई कोरोना पुष्टि भएको गाउँ स्वास्थ्य शाखाले सोमबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ ।
कोरोना पुष्टि भएका ३१ जना मध्ये स्वास्थ्यकर्मीहरुको निगरानीमा २९ जनालाई होम आइशोलेसनमा राखेर उपचार भई रहेको दैनिक प्रतिवेदन विवरणले देखाएको छ । प्रतिवेदन विवरणमा देखाए अनुसार २ जना संक्रमितलाई गाउँपालिकाको आइशोलेसनमा राखेर उपचार गरिएको छ भने, थप उपचारको लागि २ जनालाई रिफर गरिएको छ । हालसम्म २ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएको प्रतिवेदनले देखाएको छ ।

दैनिक सार्वजनिक गर्दै आएको जिल्ला प्रशासन कार्यालय, छेडागाड नगरपालिका, शिवालय र जुनीचाँदे गाउँपालिकाले सोमबार दैनिक प्रतिवेदन विवरण सार्बजनिक गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्