News Portal

बारेकोट गाउँपालिकामा २ जनालाई कोरोना पुष्टि, २ जना डिस्चार्ज

४१५ पटक

बारेकोट गाउँपालिकामा मंगलबार २ जनालाई कोरोना पुष्टि भएको छ भने, २ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट मंगलबार २ जनालाई कोरोना पुष्टि भएको हो ।

मंगलबार ८ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २ जनालाई कोरोना पुष्टि भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी कल्पना रोकायले बताएकी छन् । मंगलबार कोरोना पुष्टि भएका २ जना मध्ये १ जना महिला रहेकी छन् भने, १ जना पूरुष रहेका छन् । ३ जना महिला र ५ जना पुरुष गरी ८ जनाको स्वास्थ्य परीक्षण गरिएको अनमी रोकायले बताईन । कोरोना जितेर मंगलबार डिस्चार्ज भएका २ जना मध्ये पनि १ जना महिला र १ जना पुरुष रहेको अनमी रोकायले जानकारी दिएकी छन् ।

हालसम्म ४५२ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १५५ जनालाई कोरोना पुष्टि भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा र आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाले मंगलबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । कोरोना संक्रमण भएका १५५ जना मध्ये ५७ जना महिला र ९८ जना पुरुष रहेको प्रतिवेदन विवरणले देखाएको छ ।

कोरोना संक्रमित भएका १५५ जना मध्ये ८४ जनाले स्वास्थ्यकर्मीहरुको निगरानीमा होम आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् । गाउँपालिकाको आईशोलेसनमा राखेर उपचार गराई रहेका ७१ जना संक्रमितहरु मध्ये ५८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । १३ जना सक्रिय संक्रमितलाई संस्थागत आईशोलेशनमा राखेर उपचार भईरहेको दैनिक प्रतिवेदन विवरणमा देखाएको छ । दोस्रो पटक गरिएको परीक्षणबाट पनि कोरोना पुष्टि भएकी एक महिलालाई संस्थागत आईशोलेसनमा राखेर उपचार भईरहेको बारेकोट गाउँपालिकाको आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्