News Portal

कुशेमा ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि, एक हप्ताको लागि स्वास्थ्य संस्था बन्द

५२२ पटक

कुशे गाउँपालिकाको एक स्वास्थ्य संस्थामा कार्यरत ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ । मंगलबार गरिएको एन्टीजेन परीक्षणबाट ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको गाउँ स्वास्थ्य शाखा संयोजक अमर जंग शाहले जानकारी दिएका छन् ।

स्वास्थ्य चौकी घरङ्गामा कार्यरत ४ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको गाउँ स्वास्थ्य संयोजक शाहले बताएका छन् । स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएपछि उक्त स्वास्थ्य चौकीबाट नागरिकलाई दिईने स्वास्थ्य सेवा झनै जोखिमपूर्ण हुने संयोजक शाहले बताए । सुत्केरी सेवा बाहेक घरङ्गा स्वास्थ्य चौकीबाट दिदै आएका सबै स्वास्थ्य सेवाहरु एक हप्ताको लागि बन्द गरिएको संयोजक शाहले जानकारी दिए ।

हालसम्म कुशे गाउँपालिकामा ५२१ जनालाई एन्टीजेन बिधीबाट गरिएको परीक्षणबाट ३५ जनालाई कोरोना पुष्टि भएको संयोजक शाहले बताएका छन् । ३५ जना संक्रमित मध्ये स्वास्थ्यकर्मीहरुको निगरानीमा ३३ जनालाई होम आइशोलेसनमा राखेर उपचार भई रहेको छ भने, २ जना संक्रमितलाई गाउँपालिकाको आइशोलेसनमा राखेर उपचार गरिएको छ । थप उपचारको लागि हालसम्म २ जनालाई रिफर गरिएको स्वास्थ्य शाखाले जनाएको छ । हालसम्म २ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन ।

प्रतिकृया दिनुहोस्