News Portal

छेडागाडमा हालसम्म २२२ जनालाई कोरोना पुष्टि, १३८ जना डिस्चार्ज

४३० पटक

छेडागाड नगरपालिकामा नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा २२२ जनालाई कोरोना पुष्टि भएको छ । पिसीआर र एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट २२२ जनालाई कोरोना पुष्टि भएको हो ।

हालसम्म १३८ जनाले कोरोना जितेर डिस्चार्ज भएको नगर स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य सहायक रामबहादुर थापाले जानकारी दिएका छन् । स्वास्थ्य सहायक थापाले दिएको जानकारी अनुसार मंगलबार स्वास्थ्यकर्मीहरुको निगरानीमा ८४ जना सक्रिय संक्रमितले आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

छेडागाड नगरपालिकाले कोरोनाको दोस्रो लहरमा पिसीआर बिधिबाट २१० जना र एन्टीजेन विधिबाट ४१२ गरी जम्मा ६२२ जनालाई कोरोना परीक्षण गरेको मंगलबार प्रकाशित कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । प्रतिवेदन बिबरणका अनुसार पिसीआर बिधिबाट गरिएको परीक्षणबाट १५१ जना र एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट ७१ जना गरी २२२ जनालाई कोरोना पुष्टि भएको थियो ।

होम आईशोलेसनमा रहेका छेडागाड–२ साल्माका संक्रमितहरुसंग घरदैलो भेटघाट, सल्लाह तथा स्वास्थ्य परामर्श दिनुको साथै हाईजेनिक किड बितरण गरिएको स्वास्थ्य सहायक थापाले जानकारी दिएका छन् । साल्ममा संक्रमित १० जना स्वास्थ्यकर्मीको मंगलबार गरिएको एन्टीजेन परीक्षणबाट कोरोना मुक्त भएको स्वास्थ्य सहायक थापाले बताए । स्वास्थ्य सहायक  थापाका अनुसार कोरोना मुक्त स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य मापदण्डको पालना गर्दै नियमित स्वास्थ्य सेवाको काममा लाग्न सल्लाह दिईएको छ । जिल्ला अस्पताल बिकास समितिका अध्यक्ष धर्मशिला बस्नेत मास्क, सेनिटाईजर, आयुर्वेदिक औषधि सहित स्वास्थ्य सेवा कार्यलय आयुर्वेद शाखाको टोलीसंग मंगलबार साल्मा पुगेकी थिईन ।

त्यसैगरी जुनीचाँदे गाउँपालिकाको गर्खाकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना २७ बर्षिय महिलाई गरिएको एनटीजेन परीक्षणबाट कोरोना पुष्टि भएको जुनीचाँदे गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक प्रेमबहादुर शाहीले जानकारी दिएका छन् । ज्वरो आउनुको साथै रुघाखोकी लागेर उपचार गर्न प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा पुगेकी उक्त महिलाको स्वास्थ्य परीक्षण गर्दा कोरोना पुष्टि भएको संयोजक शाहीले बताएका छन् ।

दैनिक सार्वजनिक गर्दै आएको जिल्ला प्रशासन कार्यालय, भेरी, नलगाड नगरपालिका, शिवालय गाउँपालिकाले मंगलबार दैनिक प्रतिवेदन विवरण सार्बजनिक गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्