News Portal

अभियानकर्ताले १५० वटा सिलिण्डरमा अक्सिजन रिफिलिङ्ग गर्न जिल्ला अस्पताललाई चेक हस्तान्तरण

६३१ पटक

खाली सिलिण्डरमा अक्सिजन रिफिलिङ्ग गर्न जाजरकोट जिल्ला अस्पताललाई अभियानकर्ताले बुधबार चेक हस्तान्तरण गरेका छन् । १५० वटा खाली सिलिण्डरमा अक्सिजन रिफिलिङ्ग गर्न जाजरकोट जिल्ला अस्पताललाई अभियानकर्ताले बुधबार ९० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

“अक्सिजनका लागि मेरो हजार” अभियान मार्फत अभियानकर्ताले जाजरकोट जिल्ला अस्पताललाई १५० वटा खाली सिलिण्डरमा अक्सिजन रिफिलिङ्ग गर्न ९० हजारको चेक हस्तान्तरण गरेका हुन् । अभियानकर्ताले हस्तान्तरण गरेको उक्त चेक बुधबार स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा. अमिन शाहले बुझेका थिए ।

पत्रकार भरत शर्मा, सरोज वली र विद्यार्थी नेता दिनेश गौतमले जिल्लामा तिव्र रुपमा फैलिएको कोरोना संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचार गर्न केही दिन पहिलाबाट “अक्सिजनका लागि मेरो हजार” अभियान संचालन गरेका थिए । आफुहरुले संचालन गरेको उक्त अभियानबाट संकलन भएको रकमबाट जिल्ला अस्पतालका खाली १५० वटा सिलिण्डरमा अक्सिजन रिफिलिङ्ग गर्ने गरि ९० हजारको चेक हस्तान्तरण गरेको अभियानको नेतृत्वकर्ता पत्रकार शर्माले जानकारी दिएका छन् ।

“अक्सिजनका लागि मेरो हजार” अभियानमा हाल जापानमा अध्ययनरत जुनिचाँदे गाउँपालिकाका खिमराज शाहको सक्रियतामा २ लाख १८ हजार ४३ रुपैयाँ संकलन भएको पत्रकार सरोज वलीले जानकारी दिए । द्धय पत्रकार शर्मा र वलीको संयुक्त दस्तखत चल्नेगरी ज्योती विकास बैंक, जाजरकोट शाखामा खोलिएको खातामा उक्त रकम जम्मा भएको थियो । बैंकमा जम्मा भएको उक्त रकमबाट १५० वटा खाली सिलिण्डरमा अक्सिजन रिफिलिङ्ग गर्ने गरी ९० हजारको चेक स्वास्थ्य सेवा कार्यालयको खातामा जम्मा गर्ने गरी हस्तान्तरण गरिएको छ भने, बाँकी १ लाख २८ हजारको स्वास्थ्य सामाग्री खरिद गरी भेरी नगरपालिका र जुनीचाँदे गाउँपालिकालाई हस्तान्तरण गरिएको पत्रकार शर्माले बताएका छन् । कोरोना संक्रमणबाट बच्न मास्क, पिपीइ सेट, सेनिटाइजर, अक्सिमिटर लगाएतका स्वास्थ्य सुरक्षा सामाग्री खरिद गरी भेरी नगरपालिका र जुनिचाँदे गाउँपालिकालाई हस्तान्तरण गरिएको पत्रकार शर्माले बताए ।

अभियान्ता खिमराज शाहको समन्वयमा जुनिचाँदे गाउँपालिकामा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ भने, भेरी नगरपालिकामा पत्रकार वली र विद्यार्थी नेता गौतमले बुधबार स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका छन । भेरी नगरपालिकामा हस्तान्तरण गरिएको सामाग्रीमा २ वटा पिपीइ सेट, १ हजार ४०० पिस सर्जिकल मास्क, ५ वटा अक्सिमिटर, ११४ पिस स्यानिटाईजर हस्तान्तरण गरिएको पत्रकार वलीले जानकारी दिएका छन् ।

अक्सिजन सिलिण्डर खरिद गर्ने भनेर चलाईएको अभियानबाट अनुमान गरिए अनुसारको आर्थिक संकलन हुन नसकेको हुदा खाली सिलिण्डरमा अक्सिजन रिफिलिङ्ग गर्नु पर्ने अबस्था आएको पत्रकार शर्माले बताए ।

कोरोना भाईरसको संक्रमणले विश्व मानव जातिनै संकटमा परेको बताउदै पत्रकार वलीले विभिन्न समस्याहरुको बावजुद पनि यस पवित्र समाजिक अभियानमा सहभागी भएर जिल्ला र जिल्लाबासी प्रति माया व्यक्त गर्ने सबै सहयोगीहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिकृया दिनुहोस्