News Portal

भेरीमा ५२० जना डिस्चार्ज, ५६ जना सक्रिय संक्रमित

३५६ पटक

नयाँ भेरियन्ट सहितको दोस्रो लहरमा कोरोना पुष्टि भएकाहरु मध्ये भेरी नगरपालिकामा बुधबारसम्म ५२० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ५६ जना सक्रिय संक्रमित रहेका छन् ।

कोभिड–१९ को दोस्रो लहरमा पिसीआर र एन्टीजेन बिधिबार १ हजार ३६९ जनामा गरिएको परीक्षणबाट ५८२ जनालाई कोरोना पुष्टि भएको भेरी नगर स्वास्थ्य शाखा सह–संयोजक निशा थापा केसीले जानकारी दिएकी छन् । कोरोना संक्रमित ५८२ जना मध्ये ५२० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् सह–संयोजक थापा केसीले भनिन्–‘आज ५६ जना सक्रिय संक्रमितले स्वास्थ्यकर्मीको निगरानीमा होम आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।’

पिसीआर बिधिबाट ५९८ जनालाई गरिएको परीक्षणबाट ३३३ जनालाई कोरोना पुष्टि भएको भेरी नगरपालिकाले बुधबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । एन्टीजेन विधिबाट ७७१ जनालाई गरिएको परीक्षणबाट २४९ जनालाई कोरोना पुष्टि भएको प्रकाशित दैनिक प्रतिवेदन विवरणले देखाएको छ । दैनिक प्रतिवेदन विवरणका अनुसार थप उपचारका लागि नगर स्वास्थ्य शाखाले हालसम्म ५ जनालाई रिफर गरेको छ भने, ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्