News Portal

बारेकोटमा ९ जना डिस्चार्ज, २ जनालाई कोरोना पुष्टि

५५८ पटक

बारेकोट गाउँपालिकामा बुधबार ९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, २ जनालाई कोरोना पुष्टि भएको छ । बुधबार ४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २ जनालाई कोरोना पुष्टि भएको हो ।

बुधबार कोरोना पुष्टि हुनेमा १ जना महिला र १ जना पुरुष रहेको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी कल्पना रोकायले जानकारी दिएकी छन् । २ जना महिला र २ जना पुरुष गरी ४ जनालाई एन्टीजेन बिधिबाट परीक्षण गरेका थियौं, २ जनालाई कोरोना पुष्टि भयो अनमी रोकायले भनिन्–‘आज डिस्चार्ज भएका ९ जना मध्ये २ जना महिला रहेका छन् भने, ७ जना पुरुष रहेका छन ।’ ।

एन्टीजेन बिधीबाट हालसम्म ४५६ जनालाई गरिएको परीक्षणबाट १५७ जनालाई कोरोना पुष्टि भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा र आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा बारेकोटले बुधबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । कोरोना संक्रमित १५७ जना मध्ये ६७ जनाले कोरोना जितेर डिस्चार्ज भएको प्रतिवेदन विवरणले देखाएको छ ।

दैनिक प्रतिवेदन बिबरणका अनुसार स्वास्थ्यकर्मीको निगरानीमा ८५ जना संक्रमितले होम आईशोलेसनमा रहेर उपचार गराएका थिए भने, ७२ जना संक्रमितलाई संस्थागत आईशोलेसनमा राखेर उपचार गरिएको थियो । बुधबार संस्थागत आईशोलेसनमा ५ जना संक्रिय संक्रमितले उपचार गराई रहेका छन् । एक संक्रमित महिलाको दोस्रो पटक गरिएको परीक्षणबाट पनि कोरोना देखिएपछि उनलाई संस्थागत आइशोलेसनमा राखेर उपचार भई रहेको दैनिक प्रतिवेदन विवरणले बताएको छ ।

प्रतिकृया दिनुहोस्