News Portal

जिल्ला अस्पतालबाट रिफर भएका एक संक्रमितको सुर्खेतमा मृत्यु

४४६ पटक

जाजरकोट जिल्ला अस्पतालले रिफर गरेका एक संक्रमितको सुर्खेत कालागाउँ स्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएर एक हप्ता पहिला प्रदेश अस्पतालमा रिफर गरिएका संक्रमितको प्रदेश अस्पताल सुर्खेतमा बुधबार मृत्यु भएको हो ।

उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु हुनेमा भेरी नगरपालिका–१० का ५२ बर्षिय पुरुष रहेको भरी नगर स्वास्थ्य शाखाको सह–संयोजक निशा थापा केसीले जानकारी दिएकी छन् । थापा केसीले दिएको जानकारी अनुसार भेरी नगर स्वास्थ्य शाखाले यहि जेठ १ गते गरेको पिसीआर परीक्षणबाट उनलाई कोरोना पुष्टि भएको थियो । उनलाई जिल्ला अस्पतालबाट गर्न सकिने सबै बिधिको उपचारबाट उनलाई सन्चो नभएपछि एक हप्ता पहिला जिल्ला अस्पताले प्रदेश अस्पतालमा रिफर गरेको थियो ।

उनको मृत्युसंगै जिल्लामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्लामै ३ जना संक्रमितको मृत्यु भएको थियो भने, जिल्लाबाट रिफर गरिएका ३ जनाको जिल्ला भन्दा बाहिरका जिल्लामा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी जिल्ला भन्दा बाहिरको जिल्लामा कोरोना पुष्टि भएर उपचारमा रहेका ३ जना जाजरकोटीको जिल्ला भन्दा बाहिर मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्