News Portal

जाजरकोटमा २४ घण्टाको समयमा २४ जनालाई कोरोना पुष्टि, १५ जना डिस्चार्ज

५५६ पटक

जाजरकोट जिल्लामा २४ घण्टाको समयमा गरिएको परीक्षणबाट २४ जनालाई कोरोना पुष्टि भएको छ भने, १५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । २४ घण्टाको समयमा ३३ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २४ जनालाई कोरोना पुष्टि भएको हो ।

पिसीआर र एन्टीजेन बिधिबाट हालसम्म १० हजार ४८ जनालाई गरिएको परीक्षणबाट १ हजार ५१४ जनालाई कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले बिहिबार प्रकाशन गरेको काभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । १ हजार ५१४ जना कोरोना संक्रमित मध्ये हालसम्म १ हजार ७२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, बिहिबार ४२७ जना सक्रिय संक्रमितले होम तथा अस्पतालको आइशोलेसनमा रहेर उपचार गराई रहेको दैनिक प्रतिवेदन विवरणले देखाएको छ । थप उपचारको लागि हालसम्म १२ जनालाई जिल्ला भन्दा बाहिर रिफर गरिएको छ भने, ३ जना संक्रमितको जिल्लामै मृत्यु भएको बिहिबारको प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । प्रकाशित उक्त प्रतिवेदन विवरण ११ चैत २०७६ देखि २७ जेठ २०७८ सम्मको हो ।

प्रतिकृया दिनुहोस्