News Portal

जिल्ला अस्पताल जाजरकोटमा एक जना संक्रमितको मृत्यु

९१६ पटक

जाजरकोट जिल्ला अस्पतालमा एक जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । झण्डै १२–१४ दिन पहिलादेखि जिल्ला अस्पतालमा उपचार गराई रहेका संक्रमितको शुक्रबार बिहान १० बजे मृत्यु भएको हो ।

उपचारका क्रममा मृत्यु हुने संक्रमितमा नलगाड नलगाड नगरपालिका–४ सिमाका ६४ बर्षिय पुरुष रहेको पत्रकार बद्री पन्तले जानकारी दिएका छन् । ६४ बर्षिय पुरुषलाई कोरोनाको लक्षण सहित यहि जेठ ८ गतेदेखि बिरामी परेका थिए । प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा ८ गते गरिएको एन्टीजेन परीक्षणको रिर्पोटले उनलाई कोरोना नेगेटिभ देखाएको पत्रकार पन्तले जानकारी दिए । ९ गते जिल्ला अस्पताल जाजरकोटमा गरिएको एन्टीजेन परीक्षणको रिर्पोटले पनि उनलाई कोरोना नेगेटिभ देखाएको थियो पत्रकार पन्तले भने–‘पिसीआर परीक्षणको लागि स्वाव संकलन गरेर रुकुम पश्चिमको चौरजहारी ल्याव प्रयोगशालाबाट १० गते आएको रिर्पोटबाट उनलाई कोरोना पुष्टि भएको थियो ।’

कोरोना पुष्टि भएपछि उनका छोराहरुले उपचार गर्न सुर्खेतको कालागाउँ स्थित प्रदेश अस्पतालमा उनलाई पुर्याएका थिए । प्रदेश अस्पतालको आइशोलेसनमा रहेर पाँच दिनसम्म उपचार गराई रहेका उनले पाँच दिनपछि आफुलाई जाजरकोट लैजान आग्रह गरेका थिए । बिरामीले गरेको आग्रह अनुसार छैटौं दिनमा उनलाई जाजरकोट जिल्ला अस्पतालको आइशोलेसनमा राखेर उपचार गर्न सुरु गरिएको थियो । उनलाई जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरुले नियमित रुपमा अक्सिजन सिलिण्डर सहित कोरोना सम्बन्धिका सबै औषधीहरुको प्रयोग गरेका थिए ।

उनको मृत्युसंगै जिल्लामा मृत्यु हुनेको संख्या १० पुगेको छ । जिल्लामै ४ जना संक्रमितको मृत्यु भएको छ भने, जिल्लाबाट रिफर गरिएका ३ जनाको जिल्ला भन्दा बाहिरका जिल्लामा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी जिल्ला भन्दा बाहिरको जिल्लामा कोरोना पुष्टि भएर उपचारमा रहेका ३ जना जाजरकोटीको जिल्ला भन्दा बाहिर मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्