नलगाड नगरपालिकामा बिहिबार ६ जनालाई कोरोना पष्टि भएको छ । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट ६ जनालाई कोरोना पुष्टि भएको हो । बिहिबार नलगाडमा १ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।
बिहिबार ८ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ६ जनालाई कोरोना पुष्टि भएको नलगाड नगरपालिकाले जनाएको छ । नगरपालिकाले दिएको जानकारी अनुसार कोभिड–१९ को दोस्रो लहरमा १८९ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १०३ जनालाई कोरोना पुष्टि भएको छ ।
हालसम्म ४४ जनाले कोरोना जितेर डिस्चार्ज भएको नलगाड नगरपालिकाले बिहिबारको शुक्रबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । ३६ जना होम आइशोलेसनमा र ११ जना संस्थागत आइशोलेसनमा गरेर बिहिबार ४७ जना संक्रिय संक्रमितलाई स्वास्थ्यकर्मीहरुले उपचार गरिरहेका छन् ।
थप उपचारका लागि हालसम्म ७ जनालाई रिफर गरेको नगरपालिकामा २ जना संक्रमितको मृत्यु भएको दैनिक प्रतिवेदन विवरणमा देखाईएको छ ।