News Portal

बालिकालाई जबरजस्ती गरेको आरोपमा एक जना पक्राउ

४१४ पटक

बालिकालाई जबरजस्ती गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयले गरेको खबरका आधारमा जबरजस्ती गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई जबरजस्ती गरेको आरोपमा नलगाड नगरपालिका–१२ का ५४ बर्षिय आजे बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बस्नेतलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । पक्राउ परेका बस्नेतलाई प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार दिउसो २ बजेको समयमा १२ बर्षिय बालिकालाई जबरजस्ती गरेको पिडितलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयको प्रेस नोटमा भनिएको छ–‘गाई, बाख्रा चराउन जंगलमा गएको अबस्थामा ललाई, फकाई, प्रलोभनमा पारी बस्नेतले बालिकालाई जबरजस्ती गरेका रहेछन् ।’ स्थानीयले गरेको खबरका आधारमा ईलाका प्रहरी कार्यालय, रग्दाको प्रहरी टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्