नलगाड नगरपालिकामा शुक्रबार ४ जनालाई कोरोना पष्टि भएको छ । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट ४ जनालाई कोरोना पुष्टि भएको हो । शुक्रबार नलगाडमा २ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।
४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट शुक्रबार ४ जनालाई कोरोना पुष्टि भएको नलगाड नगरपालिकाले जनाएको छ । नगरपालिकाले दिएको जानकारी अनुसार कोभिड–१९ को दोस्रो लहरमा १९३ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १०७ जनालाई कोरोना पुष्टि भएको छ ।
हालसम्म ५१ जनाले कोरोना जितेर डिस्चार्ज भएको नलगाड नगरपालिकाले शुक्रबारको सनिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । ४० जना होम आइशोलेसनमा र ६ जना संस्थागत आइशोलेसनमा गरेर शुक्रबार ४६ जना संक्रिय संक्रमितलाई स्वास्थ्यकर्मीहरुले उपचार गराई रहेका छन् ।
थप उपचारका लागि हालसम्म ७ जनालाई रिफर गरेको नगरपालिकामा २ जना संक्रमितको मृत्यु भएको दैनिक प्रतिवेदन विवरणमा देखाईएको छ ।