News Portal

जाजरकोटमा घट्दै कोरोना संक्रमित

५८५ पटक

नयाँ भेरियन्ट सहित दोस्रो चरणमा फैलिएको कोराना महामारी अन्तरगत जाजरकोटमा कोरोना संक्रमितहरुको संख्या घट्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको एन्टिजेन परिक्षणबाट नयाँ संक्रमित कोरोना पुष्टि हुनेको संख्या घटेको हो ।

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन घटि रहेको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटले दोस्रो लहरको कोरोना संक्रमण घट्दै गएको जनाएको छ । जिल्ला भर विरामीको चाप घट््दै गएको छ । अधिकांश संक्रमित होम आइसोलेसनमा सामान्य उपचार गरिरहेका छन् । परीक्षण गरिएका मध्ये संक्रमण दर घटेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टिकाराम जैसीले बताएका छन ।

जिल्लाका सात वटै पालिकामा बिरामीको चाप घटेको छ । जुनीचाँदे गाउँपालिकामा ५४ जना, शिवालय गाउँपालिकामा ५४ जना, कुशे गाउँपालिकामा २९ जना, बारेकोट गाउँपालिकामा १ सय ७० जना, नलगाड नगरपालिकामा १ सय ३ जना, छेडागाड नगरपालिकामा ४ सय ३७ जना र भेरी नगरपालिकामा ८ सय ३१ जना कोरोना संक्रमित भएका थिए ।

भेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख खेम पुनले कोरोना दर पहिले भन्दा केहि घटेको बताए । १ देखि १३ वडामा संक्रमितहरुको संख्या घटेको र आइसोलेसनमा बिरामी नरहेको उनको भनाइ छ । गाउँ–गाउँमा बिरामीको चाप दिनदिनै घट्दै गएपछि आइसोलेसन खाली हुदै गएको बारेकोट गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बीरराज सिंहले जानकारी दिए । जाजरकोटमा ९ हजार ८ सय ७३ जनामा कोरोना परीक्षण गरिएको थियो । जसमा जिल्ला भर एक हजार ६ सय ७८ जना संक्रमित भएका छन । ३ हजार २ सय ४१ जनामा एन्टिजेन बिधिबाट परीक्षण थियो भने, ६ हजार ६ सय ७३ जनालाई पिसिआर बिधिबाट कोरोना जाँच गरिएको छ । अहिले जिल्ला अस्पतालको आइशोलेसनमा १ जनाको उपचार भइरहेको छ । संक्रमित मध्ये जाजरकोटमा ५ जनाको मृत्यु भएको छ । केही दिन यता अस्पतालमा एन्टीजेन तथा पीसीआर परीक्षण गराउन आउनेको संख्या पनि घट्दै गएको छ ।

प्रतिकृया दिनुहोस्