News Portal

हावाहुरीले उढाएर जलजला पाटनमा सात जना चार दिनदेखि बेपत्ता

बेपत्ताहरुको खोजीकार्य जारी

७९२ पटक

कुशे गाउँपालिकाको जलजला पाटनमा हावाहुरीले उढाएर सात जना चार दिनदेखि बेपत्ता भएका छन् । गाई, बाख्रा र भैसीलाई पाटन छोड्न जलजला पाटन पुगेका सात जनालाई हावाहुरीले उढाएर बेपत्ता बनाएको हो ।

गाई, भैसी, बाख्रा लगाएतका पशुचौपाए लिएर जेठ ३१ गते पाटन पुगेका ११ जना मध्ये ४ जना घर फर्किएका छन् भने, ७ जनालाई हावाहुरीले उढाएर बेपत्ता बनाएको छ प्रहरी नायव उपरिक्षक मधु कुमार थापाले भने–‘कुशे गाउँपालिका–८ औलरिजाका ३५ वर्षिय दिल बहादुर खड्का, २५ वर्षिय विक्रम खडका, २८ वर्षिय चन्द्रा खड्का, १८ वर्षिय भविन्द्र खड्का, १२ वर्षिय मीम खड्का, १७ वर्षिय धनसरा खड्का र ९ पैंकका ४० वर्षिय कृष्ण रोकायलाई हावाहुरीले उढाएर बेपत्ता बनाएको छ ।’

तीन दिनपछि पाटनबाट घर फर्कनेमा कशे–९ पैंकका ४४ बर्षिय भक्तबहादुर रोकाय, १० बर्षिय ईश्वर रोकाय, १४ बर्षिय दुर्गा रोकाय र ५५ बर्षिय गंगा खड्का रहेको डिएसपी थापाले जानकारी दिएका छन् ।

पाटनमा बेपत्ता भएका ७ जनाको खोजीकार्यको लागि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक सहित सात जनाको प्रहरी टोली पाटन तर्फ प्रस्थान गरी सकेको जानकारी दिदै जिल्ला प्रहरी प्रमुख डिएसपी थापाले जलजला पाटनमा पुग्नलाई दुई दिनको पैदल यात्रा गर्नुपर्ने बताए ।

बेपत्ता भएकाहरुको पाटनमा पुगेर खोजीकार्य गर्न कठिनाई भएको जिल्ला प्रहरी प्रमुख थापाले बताएका छन् । प्रतिकुल मौसम र भुगोलसंगै टेलिफोन सम्पर्कभन्दा बाहिर रहेको उक्त पाटन क्षेत्रमा खोजीकार्य गर्न गाह्रो हुने उनको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्