Hamro Sanchar

सोलो मोसन बाईक प्रतियोगितामा सागर देव प्रथम

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१/१ गते
जाजरकोट

नयाँ बर्ष २०७८ सालको अबसरमा आयोजना गरिएको सोला मोसन मोटरसाईकल प्रतियोगितामा सागर देव प्रथम भएका छन् । मालिका सामुदायिक सेवा केन्द्र, जाजरकोट र सामुदायिक प्रहरी सेवा केन्द्र, जाजरकोटले बुधबार आयोजना गरेको सोलो मोसन बाईक प्रतियोगितामा सागरदेव प्रथम भएका हुन् ।

सवारी दुर्घटनालाई न्युनीकरण गर्न मालिका सामुदायिक सेवा केन्द्र, जाजरकोट र सामुदायिक प्रहरी सेवा केन्द्र, जाजरकोटले जनचेतना मुलक सोलो मोसन बाईक प्रतियोगिताको आयोजना गरेको थियो भने, रमेश अटो सप्लायर्स सभिसिङ्क सेन्टरले प्रायोजन गरेको थियो । सोलो मोसन बाईक प्रतियोगितामा ४ मिनेट ३० दशमलब ११ सेकेण्डमा ७५ मिटरको दुरीमा पार गरेर सागर देवले प्रथम स्थान हासिल गरेका थिए । २ मिनेट ३५ दशमलब १५ सेकेण्डमा ७५ मिटरको दुरीमा पार गरेर गोपाल बस्नेतले द्धितिय स्थान हासिल गरेका थिए भने, २ मिनेट ३१ दशमलब ३४ सेकेण्डमा ७५ मिटरको दुरीमा पार गरेर प्रदिप विकले तृतिय स्थान हासिल गरेका थिए ।

प्रथम हुने प्रतियोगी सागर देवलाई १० हजार नगद पुरस्कार सहित प्रमाण–पत्र, द्धितिय हुने प्रतियोगी गोपाल बस्नेतलाई ७ हजार ५ सय नगद पुरस्कार सहित प्रमाण–पत्र र तृतिय हुने प्रतियोगी प्रदिप विकलाई ५ हजार नगद पुरस्कार सहित प्रमाण–पत्र दिएर सम्मान गरिएको थियो । उक्त प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा, प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले पनि भाग लिएका थिए । उक्त प्रतियोगितामा ४६ जना प्रतियोगीले भाग लिएका थिए । जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रतियोगिताले सवारी दुर्घटनालाई न्युनिकरण गर्नेमा मद्दत पुग्ने प्रजिअ देवकोटा, मालिका सामुदायिक सेवा केन्द्र, जाजरकोटका अध्यक्ष बिर्षबहादुर कार्की र नेपाल पत्रकार महासंघ, जाजरकोटका अध्यक्ष बालकुमार शर्माले बिश्वास व्यक्त गर्दै प्रतियोगीतामा सहभागिता जनाउने सबै प्रतियोगीहरुलाई धन्यवाद दिएका थिए । प्रतियोगिता त्रिभुवन माध्यामिक बिद्यालय खलंगाको प्राङ्गणमा आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस्