News Portal

लघु जलविद्युत्मा पहिरोले क्षति गर्दा तीनसय घरपरिवार अन्धकारमा

४६० पटक

नलगाड नगरपालिका–८ मैदेको सिर्पाखोला लघु जलविद्युत् आयोजनामा पहिरोले क्षति पु¥याउँदा विद्युत् बन्द भएको छ । जेठ २१ गते गएको पहिरोले विद्युतको नहर र पावर हाउस नै बगाएको छ ।

३१ किलोवाट क्षमताको विद्युत आयोजना बन्द हुदा मैदे, कायाखेत, भरगाउँ, हलचौर, मालुवातरा लगाएत गाउँका ३ सय घरधुरी अन्धकारमा बस्न बाध्य भएको स्थानीय दिपक सिंहले बताए । आयोजना बन्द हुदा वडा कार्यालय, विद्यालय, प्रहरी, स्थानीयलाई मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, बालबालिकालाई पढ्न लेख्न तथा साना उद्योग सन्चालन लगाएत काममा समस्या भएको वडा अध्यक्ष गोविन्द शाहीले जानकारी दिए ।

पहिरोले पावर हाउस भित्रको सवै सामानमा क्षेती गरेको छ, तत्काल विद्युत सन्चालन गर्न सकिने अबस्था छैन अध्यक्ष शाहीले भने । उक्त लघु जलविद्युत १५ वर्षअघि स्थानीय विकास कोषको सहयोगमा निर्माण भएको थियो ।

प्रतिकृया दिनुहोस्