News Portal

मोटर साईकल दुर्घटनामा परी बारेकोटमा एक महिलाको मृत्यु

९३६ पटक

मोटर साईकल दुर्घटना परेर बारेकोटमा एक महिलाको मृत्यु भएको छ । बुधबार मोटर साईकल दुर्घटनामा परी घाईते भएकी महिलाको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

मोटर साईकल दुर्घटनामा परी मृत्यु हुनेमा बारेकोट–५ पाँखाकी ६२ बर्षिय कृष्णदेवी शाही रहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । बारेकोट–५ नायकबाडाका ३२ बर्षिय राजेन्द्र शाहीले चलाएको को ३७ प ५०३७ नम्बरको मोटर साईक बारेकोट–५ घाटमा दिउसो २ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेको मोटर साईकल र सवार कृष्णदेवी सडकदेखि ५० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटको भनाई रहेको छ । घाट बजारको नायकबाडा साईटबाट ५० मिटर तल खोलामा खसेर घाईते भएकी कृष्णदेवीको टाउँकोमा गहिरो चोट लागेर घाईते भएकी थिईन् ।

घाईते कृष्णदेवीलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा पुर्याईएको थियो । उपचारको लागि कृष्णदेवीलाई लिम्सा पुर्याउदा हल्का बोल्न सक्ने होस भएतापनि उपचार गर्दागर्दै आधा घण्टामै उनको मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी कल्पना रोकायले टेलिफोन मार्फत डिजिटल संचारलाई जानकारी दिईन् । केही दिन पहिला कोरोना संक्रमणबाट मृत्यु भएका बारेकोट–५ घाटका ६३ बर्षिय नरेन्द्र बहादुर सिंहको सुद्धान्ती हुने कार्यक्रममा पाखाबाट घाट पुगेकी कृष्णदेवी र राजेन्द्र घाटबाट घर तर्फ जादै गर्दा घाटको पारीपट्टी दुर्घटनामा परेका थिए । कृष्णदेवी बारेकोट–५ की महिला स्वास्थ्य स्वयंम सेविका भएको अनमी रोकायले जानकारी दिएकी छन् ।

मोटरसाईकल दुर्घटनामापरी मृत्यु भएकी शाहीको लास लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमै पोष्टमार्टम गरेर मृतकका आफन्तलाई बुझाउने प्रहरीले जानकारी दिएको छ । मोटर साईकल चालक राजेन्द्र शाही घाईते छन वा छैनन् भन्ने कुनै जानकारी नभएको प्रहरीले जनाएको छ । चालक शाही अहिलेसम्म प्रहरी सम्पर्कमा नआएको र उनको खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्