News Portal

जाजरकोटमा पूँजीगत लाभकर ७ करोड ८५ लाख भन्दा बढी शंकलन

९११ पटक

राजश्व शंकलनमा जिल्ला मालपोत कार्यालय, जाजरकोटले गुणात्मक उपलब्धी हासिल गरेको छ । बिगत बर्षका तुलनामा यस बर्ष मालपोत कार्यालयले पुँजीगत लाभकर र घरजग्गा रजिस्ट्रेशन राजश्व शंकलनमा गुणात्मक उपलब्धी हासिल गरेको हो ।

चालु आर्थिक बर्ष २०७७÷०७८ को जेठ महिनासम्म जिल्ला मालपोत कार्यालयले ७ करोड ८५ लाख ६८ हजार १८१ पुँजीगत लाभकर शंकलन गरेको कार्यालय प्रमुख डिल्ली बहादुर केसीले जानकारी दिएका छन् । नलगाड हाईड्रोपावर कम्पनीले चालु आबमै झण्डै ४ हजार ६०५ रोपनी जग्गा अधिकरण गरेपछि ७ करोड ८५ लाख ६८ हजार १८१ पुँजीगत लाभकर शंकलन भएको कार्यालय प्रमुख केसीको भनाई रहेको छ । कम्पनीले ३ हजार ९३३ वटा कित्ता अधिकरण गरेको जानकारी दिदै प्रमुख केसीले जग्गा धनीको नाममा लालपूर्जा बनेको ५ बर्ष भन्दा बढि समय भएका व्यक्तिबाट ढाई प्रतिशत र लालपूर्जा बनेको ५ बर्ष भन्दा कम समय भएका व्यक्तिबाट पाँच प्रतिशत कार्यालयले पुँजीगत लाभकर शंकलन गरेको जानकारी दिएका छन् । मालपोत कार्यालयले जम्मा गरेको पुजीँगत लाभकर नेपाल सरकारको खातामा जम्मा हुने गर्दछ ।

त्यसैगरी कार्यालयले चालु आबमा १ करोड १२ लाख २१ हजार २९० घरजग्गा रजिस्ट्रेशन राजश्व शंकलन गरेको कार्यालय प्रमुख केसीले बताएका छन् । प्रतिबर्ष ८५ लाख बराबर घरजग्गा रजिस्टे«शन राजश्व शंकलन गर्दै आएको कार्यालयले यस बर्ष १ करोड १२ लाख २१ हजार २९० रजिस्टे«शन राजश्व शंकलन गर्न सफल भएको प्रमुख केसीले बताएका छन् । नलगाड हाईड्रोपावर कम्पनीले गरेको जग्गा अधिकरणबाट मुआब्जा बुझेका जिल्ला बासीले बिगत बर्षहरुको तुलनामा यस बर्ष जग्गाको कारोबार बढि गरेको कार्यालयले बताएको छ ।

विश्वव्यापी कोरोना भाईरस संक्रमणबाट जिल्ला प्रभावित भएता पनि घरजग्गाको कारोबारमा प्रभाव पार्न नसक्को जिल्ला मालपोत कार्यालयले जनाएको छ । जिल्ला मालपोत कार्यालयले दिएको जानकारी अनुसार सबैभन्दा बढि भेरी नगरपालिकामा ६१ लाख ९४ हजार ५१८ घरजग्गा रजिस्ट्रेशन राजश्व शंकलन भएको छ भने, नलगाड नगरपालिकामा २९ लाख ९६ हजार ८०४, छेडागाड नगरपालिकामा ६ लाख ७१ हजार ६५५, बारेकोट गाउँपालिकामा ६ लाख ६१ हजार ३२६, कुशे गाउँपालिकामा ३ लाख ४० हजार ६८१, शिवालय गाउँपालिकामा २ लाख २९ हजार ७५३ र जुनीचाँदे गाउँपालिकामा १ लाख २७ हजार ३५३ घरजग्गा रजिस्टे«शन राजश्व शंकलन भएको छ । जम्मा भएको उक्त घरजग्गा रजिस्ट्रेशन राजश्व शंकलनको ४० प्रतिशत प्रदेश सरकारको खातामा हुने गर्दछ भने, ६० प्रतिशत सम्बन्धित पालिकाको खातामा जम्मा हुने गरेको छ ।

मालपोत कार्यालयले महिलाको नाममा रजिस्ट्रेशन गरेमा ३ प्रतिशत, पुरुषको नाममा रजिस्ट्रेशन गरेमा ४ प्रतिशत घरजग्गा रजिस्ट्रेशन राजश्व शंकलन गर्दै आएको छ । ४ प्रतिशत घरजग्गा रजिस्ट्रेशन राजश्व शंकलन गर्दै आएको कार्यालयले एकल महिलाई ३५ प्रतिशत, दलितलाई २५ प्रतिशत राजश्व छुट गर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्