बहुविवाह मुद्दामा फरार एक महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जाजरकोट अदालतबाट वहुविवाह मुद्धामा २०७७ भदौं ९ गते एक वर्ष ५ महिला १२ दिनको सजाय पाएका प्रतिवादी भेरी नगरपालिका–२ रिसाङकी अनिता शाह विकलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार आफ्नै घरमा बसीरहेको अवस्थामा फेला पारी प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । शुक्रबार नै जिल्ला अदालत जाजरकोटमा बुझाईएको छ । अदालतको आदेशले प्रक्राउ भएकी महिला प्रतिवादीलाई जिल्ला कारागारमा पठाईएको प्रहरीले जनाएको छ ।