News Portal

अमेरीकन वार एशोसेशनको आर्थिक सहयोगमा भेरीका ३६ बिपन्न परिवारलाई खाद्यान्न बितरण

७७८ पटक

भेरी नगरपालिका ३६ विपन्न घर परिवारलाई मंगलबार खाद्यान्न बितरण गरिएको छ । अमेरीकन वार एशोसेशनको आर्थिक सहयोगमा भेरी नगरपालिकाको समन्वयमा दलित गैर सरकारी संस्था माहासंघ जाजरकोट एवं दलित महिला सशक्तिकरण मञ्चको सहजीकरण र नेपाल पिडित समुदाय संरक्षण केन्द्र (नेप्सकोन), सुर्खेतले ३६ विपन्न घर परिवारलाई मंगलबार खाद्यान्न बितरण गरिएको हो ।

विश्वब्यापी कोरोना भाइरसको संक्रमणबाट प्रभावित तथा कोरोना संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचारको लागि गरिएको निषेधाज्ञाले ज्याला मजदुरी गरेर दैनिक जीवन निर्वाह गर्न गाह्रो भएका असंगठित श्रमिकहरुलाई खाद्यन्न वितरण गरिएको हो । रुकुुमपश्चिमको सोति घटनाका सहिद परिवार नवराजको आमा उर्मिला विक, लोकेद्र विकको आमा लक्ष्मी विक लगायत दलित तथा विपन्न समुदायका घर परिवारलाई पनि खाद्यान्न वितरण गरिएको थियो । प्रति परिवार २५ किलो चामल, १ किलो दाल, आधा लिटर तेल, १ किलो आलु सहितको खाद्यन्न वितरण गरिएको थियो ।

खाद्यन्न वितरण कार्यक्रममा फिल्ड सर्भे गरिएको थियो । फिल्ड सर्भेमा पारिवारिक विवरण, दैनिक जीवन निर्वाहमा घरको अन्नको अवस्था, कोभिड–१९ को जानकारी, क्वारेन्टाइनको अवस्था, स्वास्थ्यकर्मीहरुको अवस्था विश्लेषण समेत गरिएको थियो ।

वडा अध्यक्ष लिलाबहादुर शाहको अध्यक्षतामा आयोजित खाद्यन्न बितरण कार्यक्रमको प्रमुख अतिथि नगर उप–प्रमुख भावना भण्डारी रहेकी थिईन भने, विशेष अतिथि दलित गैसस महासंघका महासचिव एवं नेप्कोनका अध्यक्ष जेवी विश्वकर्मा रहेका थिए । कार्यक्रमको सञ्चालन नेप्कोन सुर्खेतका कार्यक्रम व्यवस्थापक धनमल विके गरेको दलित गैसस प्रदेशका अध्यक्ष तथा राहत कार्यक्रमका संयोजक गगन सिंह एल जीले जानकारी दिएका छन् ।

दलित अधिकारको लागि अन्तराष्ट्रिय आयोग (क्ष्ऋम्च्) को पहलमा ३६ घर परिवारलाई खाद्यन्न वितरण गर्न अमेरीकन वार एशोसेशनले आर्थिक सहयोग गरेको थियो ।

प्रतिकृया दिनुहोस्