News Portal

सवाल पहिचान गर्न कुशेका बालबालिका कचहरीमा

७४३ पटक

बाल अधिकारका सवालहरु पहिचान गर्न कुशे गाउँपालिकाका बालबालिकाहरु आफै कचहरी गर्न थालेका छन् । बाल कचहरीका माध्यामबाट कुशे गाउँ पालिकाका बालबाबलिकाहरुले बाल अधिकारका सवालहरु पहिचान गर्न थालेका हुन् ।

बुधबार सम्पन्न बाल कचहरीमा उठाईएका सवालहरुलाई प्राथमिकताकी करण गरिएको छ । पहिचान गरिएका सवालहरु मध्ये पहिलो सवाल बालविवाह रहेको छ भने, दोश्रो सवालमा बालश्रमलाई पहिचान गरिएको छ । त्यसैगरी तेश्रो सवालमा छोरा र छोरी बिचमा गरिने आसमान व्यबहार रहेको छ ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोटको सहजीकरणमा सम्पन्न बाल कचहरीमा गाउँपालिकाका उपाध्यक्ष रामछाँया कुमारी शाही, सामाजिक बिकास शाखा प्रमुख, गाउँ शिक्षा शाखाका प्रमुख र गाउँ स्वास्थ्य शाखा प्रमुखले उठेका सवालहरुको जवाफ दिनुका साथै सवाललाई प्राथमिकीकरण गरेका थिए । गाउँपालिका भित्रका बिभिन्न बाल क्लबका सदस्यहरुले बाल अधिकार सम्बन्धिका विभिन्न सवालहरु उठाएका थिए ।

बाल अधिकार सम्बन्धिका सवालहरु पहिचान गर्न साँझा मञ्चको बिकास गरी बहस प्ररबी गर्न बालअधिकार सम्बन्धि राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन तथा नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्न उक्त बाल कचहरी कार्यक्रमको आयोजना गर्नुको साथै सम्पन्न गरिएको सहयात्रा परियोजनाको सामाजिक विकास अधिकृत निर्मला थापाले जानकारी दिएकी छन् ।

प्रतिकृया दिनुहोस्