News Portal

बाँसपानी पहिरो पिडितहरुलाई खाद्यन्न बितरण

पहिरोबाट विस्थापित १३ परिवार बिद्यालयमा आश्रीत

५७३ पटक

भेरी नगरपालिका–२ रिसाङको बासँसपानी पहिरो पिडितहरुलाई विभिन्न निकायबाट खाद्यन्न लगाएतका राहत वितरण कार्य सुरु गरिएको छ । सनिबार दिउसो अविरल वर्षासँगै आएको पहिरोले पूर्ण तथा आंशिक रुपमा क्षेति भएका घर र उच्च जोखिममा रहेका घर परिवारलाई खाद्यन्न सहितको राहत सामाग्री वितरण गर्ने कार्य सुरु गरिएको हो ।

उक्त पहिराले कृष्ण बहादुर विकको घर पूर्णरुपमा क्षेति भएको छ भने, नरजीत वली र ठेरो कामीको घरमा आंशिक क्षेती पुगेको छ । दिउसो ४ बजेतिर माथिबाट आएको पहिरोले पुरिएर नरजीत वलीका दुई वटा बाख्रा मरेका थिए । पहिरोको उच्च जोखिममा रहेका ६ घर परिवार र अन्य ७ घर परिवारगरी १३ घर परिवार बिस्थापित भएका छन् । पहिरोबाट विस्थापित १३ घर परिवार आफन्त र रिसाङको त्रिभुवन आधारभुत विद्यालयमा आश्रीत भएका छन् ।

पहिरोबाट पिडित घर परिवारलाई भेरी नगरपालिकाले सोमबार खाद्यन्न सहितको राहत वितरण गरेको छ भने, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार खाद्यन्न, लत्ताकपडा सहितको राहत बितरण गरेको छ । नगरपालिकाले सोमबार प्रतिपरिवार २५ किरो चामल, ५ किलो दाल, १ पाल, १ किलो नुन, २ पोका तेल, लुगाधुने र नुहाउने साबुन, एक पाकेट मास्क, स्यानिटाईजर लगाएतको राहत सामाग्री वितरण गरेको थियो । उक्त राहत वितरण गर्न नगर प्रमुख चन्द्र प्रकास घर्ती आफै रिसाङ पुगेका थिए । त्यसैगरी नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार प्रति परिवार ३० किलो चामल, २ किलो दाल, सिरक लगाएतका अन्य लत्ताकपडा वितरण गरेको छ । खाद्यन्न सहितको राहत सामाग्री वितरण गर्न नेकपाका भेरी नगर ईन्चाज शिव बहादुर सिंह (हिमाल), विद्यार्थी अध्यक्ष विराजन शाही लगाएतका नेता तथा कार्यकर्ताहरु रिसाङ पुगेका थिए ।

सालघारी–तिलिङ्गे सडक निर्माण गर्दा फालेको माटो बगेर आएको पहिरोले बाँसपानीको बस्तीलाई नै विस्थापित गरेको स्थानीयको भनाई रहेको छ । बस्ने बाँस बिनाको एक बोरा चामल र २ किलो दालले बाँसपानी बासीलाई कुनै राहत नहुने लक्ष्मी बिकको भनाई रहेको छ ।

बाताबरण प्रभाव मुल्याङ्कण तथा आयोजना बिस्तृत अध्ययन प्रतिवेदन रिपोर्ट बिना निर्माण गरिएको बिकासले निम्त्याएको बिनासको संज्ञा बिद्यार्थी अध्यक्ष विराजन शाहीले भनाई राखेका थिए । त्यसैगरी हरेक नागरिकको जीऊ, धनको सुरक्षा गर्नुको साथै जनतालाई गाँस, बाँस, कपास जस्ता आधारभुत आबश्यकताको ग्यारेन्टी गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने भेरी नगर ईन्चार्ज हिमालले भनाई राखेका थिए । पहिरोबाट विस्थापित बाँसपानी बासीहरुको बासको व्यवस्थापन गर्न राज्यका विभिन्न निकायलाई सुजाउने बताउदै ईन्चार्ज हिमालले बाँसपानी बासीको बासको व्यवस्थापनमा सरकारका विभिन्न निकायलाई आफ्नो पार्टीले पनि सहयोग गर्ने भनाई राखेका थिए ।

पहिरो प्रभावित परिवारहरुका लागि नेपाल खाद्य संस्थान, खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडले गरेको खाद्यन्न सहयोग, ब्यापारीहरुले गरेको लत्ताकपडा सहयोगलाई आफ्नो पार्टीले वितरण गरेको ईन्चार्ज हिमालले जानकारी दिए । सहयोग वितरणका लागि गाडी दिएर सहयोग गर्ने डिभिजन वन कार्यालय लगाएतका सबै सहयोगी दाताहरुलाई ईन्चार्ज हिमालले धन्यवाद दिएका छन् ।

पहिरोबाट विस्थापित परिवारहरु राती सुत्न विद्यालय र आफन्तको घरमा जाने गरेका छन् भने, दिउसो काम काज गर्न घरमा फर्कने गरेका छन् । बाँसपानी पहिरोको स्थलगत अध्ययन गर्न नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटका सभापति लगाएतका टोलीहरु बाँसपानीमा पुगेका थिए भने, सरोकारवालासँगको परामर्शमा प्रमुख जिल्ला अधिकारी पे्रम प्रसाद देवकोटाले पहिरो पिडितहरुलाई राहत वितरण गर्ने कार्यलाई सुरु गर्ने योजना रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्