News Portal

एक हप्ता भित्रै विद्युत प्राधिकरणले काम सुरु नगरे डेलिकेशनमा जाने निर्णय

८३३ पटक

विद्युत प्रसारण लाईनको काम विद्युत प्राधिकरण वितरण कार्यालयले एक हप्ता भित्रै सुरु नगरेमा डेलिकेशनमा जाने पाँचकाटिया बजार व्यबस्थापन समितिले निर्णय गरेको छ । आईतबार बिहान समितिका अध्यक्ष कर्ण बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

९६ जना सहभागी रहेको बैठकले भेरी नगरपालिका–२ कोटखोलादेखि कुशे गाउँपालिका–५ पाँचकाटिया बजार क्षेत्रमा पोल गाडेको समय ३ बर्ष पुगिसक्दा पनि विद्युत प्राधिकरणले लाईन प्रसारणका अन्य कुनै काम नगरेको ठहर गरेको छ । विद्युत लाईन प्रसारणका लागि जनप्रतिनीधि र स्थानीय नागरिकहरुले वेला–वेलामा गराईएको ध्यान आकर्षणलाई प्राधिकरणले बेवास्ता गरेको बैठकले निकर्ष निकालेको बजार ब्यबस्थापन समितिका अध्यक्ष कर्ण बहादुर थापाले जानकारी दिएका छन् । विद्युत लाईन प्रसारणको काम अबको एक हप्ता भित्रै सुरु नगरेमा जिल्ला प्रशासन कार्यालय र विद्युत प्राधिकरणको वितरण कार्यालयमा नागरिक डेलिकेशनमा जाने बैठकले निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिएका छन् ।

यस बिषयमा बुझ्नका लागि विद्युत प्राधिकरण वितरण कार्यालय, जाजरकोटका प्रमुखसंग टेलिफोन सम्पर्क गर्न खोेज्दा प्रमुख विशाल लामिछानेले फोन उठाएनन् ।

त्यसैगरी बैठकले भरी नगरपालिका–२ राङसीमा रहेको सडकको ईलामेन्ट परिवर्तन गर्न सडक डिभिजन कार्यालय रुकुमपश्चिम चौरजहारीलाई अनुरोध गर्ने निर्णय गरेको छ । राङसीको तीन किलोमिटर सडकका कारण बर्षौसम्म सडकमा हलुका सवारी साधनहरु पनि सहज रुपमा संचालन हुन नसकेको बैठकले निकर्ष निकालेको छ बैठकमा सहभागी चक्रबहादुर थापाले भने–‘जिल्ला सदरमुकाम खलंगासंग जिल्लाको कुशे गाउँपालिका, बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाको केही भागलाई जोड्ने सड्क सहज नहुदा त्यहाँका नागरिकहरुले बर्षैसम्म सास्ती बोक्नु पर्ने अबस्था छ ।’ जिल्ला सदरमुकाम जोड्ने सडक संजाललाई सहज तथा सहज बनाउन ईलामेन्ट परिवर्तन गर्न सडक डिभिजन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको थापाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्