News Portal

नगरपालिकाको सन्तुलित बिकासमा हामीले जोड दिएका छौं :– नगर प्रमुख रावल

५९० पटक

नगरपालिकाको सन्तुलित बिकासमा जोड दिएको नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले बताएका छन् । नलगाड नगरपालिका–१ जुरेलीको बृहत खानेपानी आयोजना र आधारभुत स्वास्थ्य केन्द्र भवनको सनिबार अनुगमन गर्ने क्रममा प्रमुख रावलले यस्तो बताएका हुन् ।

भुगोलको आबश्यकता र समुदायले गरेको मागका आधारमा नगरपालिकाले बिकास निर्माणका योजनालाई अगाडी बढाई रहेको नगरप्रमुख रावलले भनाई राखेका थिए । शक्ति र पहुँचका आधारमा गरिने बिकास निर्माणको परिपाटीलाई नलगाड नगरपालिकाले तोड्न खोजी रहेको जानकारी दिदै नगरप्रमुख रावलले व्यवस्था परिवर्तनको लागि विशेष योगदान गरेका बस्तीहरु विकास निर्माणको दृष्टिकोणले पछाडी परेको बताए । पूर्वाधार विकासमा पछाडी परेका गाउँ बस्तीहरुलाई बिकासको मुलप्रवाहमा जोड्नका लागि आफुले विशेष ध्यान दिएको भनाई राखेका थिए ।

बिगत द्धन्दकालमा बिशेष भुमिका निर्बाह गरेको जुरेलीको बस्तीलाई विकास निर्माणको मुल प्रवाहमा समाहित गर्नका लागि २ करोड १५ लाखको लागत स्टामेट भएको बृहत खानेपानी योजनालाई नगरपालिकाले बहुँबर्षिय आयोजनामा राखेर निर्माण कार्यलाई अगाडी बढाई रहेको प्रमुख रावलले बताए । जुरेलीका नागरिकहरुलाई खानेपानीको सुविधा दिनका लागि नलगाड नगरपालिकाले भेरी नगरपालिका–२ डिङ्गाको मुहानबाट पानी ल्याउनलाई आबश्यक बजेटको व्यवस्था गरेको जानकारी दिदै प्रमुख रावलले उक्त आयोजना यसैबर्ष सम्पन्न गरिने बताए । जुरेलीको बस्तीमा मोटरबाटो जोड्नका लागि कल्पत–जुरेली हुदै रिम्न मोटरबाटो जोड्ने लक्ष्य रहेको जानकारी दिदै प्रमुख रावलले जुरेलीमा रहेको आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि ४५ लाख बजेट बिनियोजन गरेको जानकारी दिए । जुरेलीको आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि नगरपालिकाले तत्कालै टेण्डर आह्वान गरेर भवन निर्माणको कामलाई अगाडी बढाउने जानकारी दिए ।

१५० घरधुरीलाई लक्षित गरेर निर्माण गर्न लागिएको जुरेली बृहत खानेपानी आयोजना नलगाड नगरपालिका र जलवायु परिवर्तन सहयोग कार्यक्रमको संयुक्त बजेट रहेको जुरेली बृहत खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष बीर बहादुर नेपालीले जानकारी दिए । बृहत खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएमा खानेपानीको सास्ती खेप्दै आएका जुरेलीबासीले मुक्ति पाउने स्थानीयहरुको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्