News Portal

छेडागाडमा शिक्षकको १० दिने पेशागत विकास तालीम (TPD) सम्पन्न

७५६ पटक

छेडागाड नगरपालिकामा शिक्षकहरुको १० दिने पेशागत तालिम सम्पन्न भएको छ । सहयात्रा दोस्रो परियोजनाद्धारा आयोजित छेडागाडका शिक्षकहरुको १० दिने पेशागत तालिम आईतबार सम्पन्न भएको हो ।

पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोट र सेभ द चिल्ड्रेनद्धारा संचालित सहयात्रा दोस्रो परियोजनाले शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम सम्वन्धि १० दिने तालिम दिएको थियो । छेडागाड नगरपालिकाको थलह वजारमा आयोजित तालिममा २१ जना शिक्षक सहभागी भएका थिए । उक्त तालिममा १२ जना स्थायी, ७ जना राहत र २ जना निजी श्रोतका शिक्षकहरुको सहभागिता रहेको थियो ।

तालिम कक्षा १ देखि कक्षा ३ सम्मको पाठ्यक्रमा आधारित रहेको थियो । नेपाल सरकारले लागु गरेको कक्षा १ देखि ३ सम्मको नयाँ एकिकृत पठ्यक्रमलाई मुख्य आधार वनाइ पाठ्यपुस्तक शिक्षक निर्देशिका र आवश्यक शैक्षिक सामाग्रीको प्रयोगको बिषयमा छलफल भएको थियो । तालिममा सहभागिहरुको सक्रिय सहभागिता रहेको पाँचतारा युवा संरक्षक मञ्चका परियोजना संयोजक कृष्ण कार्कीले बताएका छन् ।

१० दिनसम्म संचालन भएको तालिमबाट शिक्षकको पेशागत बिकास तथा क्षमता बिकास गर्ने उद्देश्य रहेको थियो । तालिमको सुरुवाती शिक्षकको पुर्व परिक्षणवाट भएको थियो । १० दिनको तालिममा शिक्षकहरुलाई अभ्यास शिक्षण तथा सैद्धान्तिक बिधिबाट तालिमा प्रदान गरिएकोे थियो । उक्त तालीममा नेपाल सरकारले अवलम्बन गरेका नयाँ शैक्षणिक बिधि श्रव–दृश्य सामाग्रीहरुको बारेमा छलफल भएको थियो । तालीम लिएका शिक्षकको मानव संसाधन बिकास केन्द्र सुर्खेतले प्रमाणीकरण गर्ने जनाएको छ । तालीमको अन्तमा शिक्षकहरुको लिखित तथा प्रयोगातमक परिक्षा लिइएको थियो । तालिमका सहभागीलाई ४५ दिनको परियोजना कार्य बाडफाड गरिएको परियोजना संयोजक कार्कीले जानकारी दिएका छन् ।

तालीम अत्यन्तै प्रभावकारी र जिवन उपयोगी भएको बताउदै सहभागी शिक्षक कर्ण बहादुर कार्कीले आगामी दिनमा सिकेका बिषयलाई बिद्यालयको कक्षा कोठामा प्रयोग गरिने प्रतिवद्धता व्यक्त गरेका थिए । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर तालीम सञ्चालन गरिएको परियोजना संयोजक कार्कीले बताए ।

छेडागाड नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको तालिममा मानव संसाधन बिकास केन्द्र सुर्खेतका प्रशिक्षक लोक वहादुर खत्री र सेभ द चिल्डे«नका परियोजना संयोजक चेतराज उपाध्यायले सहजीकरण गरेका थिए । तालिममा छेडागाड नगरपालिका–८, ९, १०, ११, १२ र १३ नम्बर वडामा कार्यरत शिक्षकहरु सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस्