News Portal

मोटर साईकल दुर्घटनामा परि अहेव कार्कीको मृत्यु

१९७३ पटक

मोटर साईकल दुर्घटनामा परि सिनियर अहेव गोपाल कार्कीको मृत्यु भएको छ । भेरी नगरपालिका–८ र ९ को सिमानामा रहेको झुप्राखोला नजिकैको भीरमा मोटर साईकल दुर्घटना हुदा सिनियर अहेव कार्कीको मृत्यु भएको हो ।

सडकबाट झण्डै ६ सय मिटर तल मोटर साईकल खसेको भेरी नगर स्वास्थ्य शाखा सह–संयोजक निशा थापाले जानकारी दिईन । दोस्रो चरणको कोभिड–१९ को भ्याक्सिन लिन अहेव कार्की भुर पोखरा स्थित स्वास्थ्य चौकीमा बुधबार पुगेका थिए । भ्याक्सिन सहित मोटर साईकलमा सवार गरी रहेका कार्की झुप्राखोला नजिकैको भीरमा बेलुकी ५ बजेतिर दुर्घटनामा परी मृत्यु भएको सह–संयोजक थापाको जानकारी दिएकी छन् ।

मोटरसाईकल दुर्घटना भएको घटना स्थलको अध्ययन सहित मुजुल्का गर्न ईलाका प्रहरी कार्यालय जगतिपुर र जिल्ला प्रहरी कार्यालय, जाजरकोटको प्रहरी टोली भक्खरै घटना स्थल तर्फ गई रहेको सह–संयोजक थापाले बताएकी छन् ।

मोटर साईकल दुर्घटनामा परि मृत्यु भएका सिनियर अहेव कार्कीप्रति भेरी नगरपालिका र नगर स्वास्थ्य शाखाले दुःख व्यक्त गर्नुको साथै हार्दिक श्रद्धान्जली अर्पण गरेका छन् भने, शोकाकुल परिवार तथा आफन्तजनहरु प्रति सम्बेदना व्यक्त गरेका छन् ।

कार्की भेरी नगरपालिका–८ बुरुङ्गे स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रका ईन्चार्ज हुन् । बुरुङ्गेमा भोली दोस्रो चरणको कोभिड–१९ भ्याक्सिन लगाउने कार्यक्रम रहेको थियो । कार्की आजनै भ्याक्सिन लिन भुर पोखरा स्वास्थ्य चौकीमा पुगेका थिए ।

प्रतिकृया दिनुहोस्