News Portal

झोलुङ्गे पुलले जोड्यो दुई गाउँको सम्बन्ध

९१७ पटक

भेरी नगरपालिका–३ होलुखोला स्थित तिनगारै साङटमा झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भएपछि दुई गाउँको सम्बन्ध नजिकिएको छ ।

खोलामा पुल बनेपछि स्थानीय बासिन्दालाई वारपार गर्न सहज भएको वडा अध्यक्ष कालिबहादुर ओलीले बताएका छन् । शताब्दी पछि पुल बनेको हो, उनले भने । पुल नहुदा हैरानी खेपेका स्थानीयले भने अहिले निकै हर्षित भएका छन् । पुल निर्माणले दुई गाउँका बासिन्दालाई छिटो छरीतो आवजावतमा सहज भएको छ । यसबाट घाँस दाउँरा ल्याउन र विद्यार्थीलाई विद्यालय जान आउन सहज भएको स्यालाका चित्रबहादुर ओलीले बताए ।

पुल निर्माण पछि स्थानीय बासिन्दालाई घण्टौं पैदल हिडेर खलंगा बजार आउन जान लामो दुरी घटेको र अहिले पुल बनेपछि आवत जावत गर्न सहज भएको ओलीको भनाइ छ । बर्षौ देखि काठे पुल प्रयोग गरेका स्थानीयले अहिले विगतको वाध्यता अन्त्य भएको बताउने गरेका छन् ।

पुल निर्माण पछि स्थानीयहरु विच भौगोलिक दुरीले मात्रै नभएर भाइचारा र छिमेकको सम्बन्ध नजिकीएको छ । पुल निर्माण पछि स्याला, रिसाङ्ख, डउरी काँडा, घोरनेटा, मैदे, कोलचौर, रावतगाउँ लगाएत गाउँका अधिकांश बासिन्दा लाभान्वित भएका छन् । भेरी नगरपालिकाको ५३ लाख ७८ हजार सात सय ८० रुपैया लागतमा उक्त पुल निर्माण भएको हो । पुलको लम्बाई एक सय मिटर रहेको छ । पुलबाट दुई सय तिन घर परिवार लाभाम्बित भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलवीर रोकायले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्