News Portal

बिभिन्न कार्यक्रमको आयोजना गरेर कुशेमा मनाईयो बाल दिवस

४३० पटक

बालबालिकाहरुले बिभिन्न कार्यक्रमको आयोजना गरेर कुशे गाउँपालिकामा ५७ औं राष्ट्रिय बाल दिवस मनाएका छन् । मंगलबार गाउँपालिकाका ९ वटै वडामा विभिन्न कार्यक्रमको आयोजना गरेर बालबालिकाहरुले ५७ औं राष्ट्रिय बाल दिवस मनाएका हुन् ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा कुशे गाउँपालिकाका सबै वडामा विभिन्न कार्यक्रमको आयोजना गरेर ५७ औं राष्ट्रिय बाल दिवस मनाईएको सहयात्रा परियोजनाको सामाजिक परिचालक अधिकृत निर्मला थापाले जानकारी दिईन् । गाउँपालिकाको ९ वटै वडामा बक्तित्वकला, लोक गित, हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्नुको साथै बृक्षा रोपन गरेर ५७ औं राष्ट्रिय बाल दिवस मनाईएको अधिकृत थापाले बताईन् ।

“सामान्य अवस्था वा कोभिड महामारी ः बाल अधिकारको संरक्षण हामी सवैको जिम्म्ेवारी ।” भन्ने नाराका साथ मनाईएको ५७ औं राष्ट्रिय बाल दिवसमा आयोजित कार्यक्रमहरुको आयोजना वडा स्तरीय बाल क्लबहरुले गरेका थिए । कार्यक्रम तथा प्रतियोगितामा बिभिन्न स्थान हासिल गर्ने बालबालिकाहरुलाई प्रमाण–पत्र सहित कापी, कलम वितरण गरिएको थियो भने, कुशे–६ भार्मामा काँशाका लोटाहरु बितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्