News Portal

नलगाडको दल्लीमा १०१ जना मोतिबिन्दुका विरामीको निशुल्क अप्रेशन

७४१ पटक

नलगाड नगरपालिकाको दल्लीका १०१ जना मोतीबिन्दुका विरामीहरुको निशुल्क शल्लिक्रिया गरिएको छ । यहि मंसिर २० गते देखि २३ गतेसम्म तीन दिनसम्म १०१ जना मोतिविन्दूका विरामीहरुको निशुल्क शल्लिक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

नलगाड नगरपालिका–७ दल्लीमा नेपाल नेत्र ज्योती संघ सुर्खेत र नेपाल रेडक्रस सोसाईटीको संयुक्त आयोजनामा तीन दिने निशुल्क मोतीविन्दु शल्लिक्रिया कार्यक्रम संचालन गरिएको थियो । तीन दिनसम्म संचालन गरिएको निशुल्क मोतिविन्दु शल्क्रिया कार्यक्रममा १०१ जना मोतीविन्दुका विरामीहरुको आँखा अप्रशन गरिएको नेपाल नेत्र ज्योती संघ, सुर्खेतका प्रमुख मान बहादुर कुँवरले जानकारी दिए । उक्त कार्यक्रममा आँखामा मासु पलाएका ३ जनागरी १०४ जनाको आँखा अप्रेशन गरिएको प्रमुख कुँवरको भनाई रहेको छ । कार्यक्रममा १०४ जनाको आँखा अप्रेशन गर्नुको साथै २३५ जनाको आँखा परीक्षण गरिएको प्रमुख कुँवरले जानकारी दिएका छन् ।

अप्रेशन गरिएका १०४ जनामध्ये ६४ जना महिला रहेका छन् भने, ४० जना पूरुष रहेका छन् । मोतिविन्दुको समस्याले संसार देख्न छोडिसकेका विरामीहरु अप्रेशन पश्चात आँखा देख्न थालेपछि बिरामीहरुले खुशी व्यक्त गरेका छन् । संयुक्त रुपमा आयोजना गरिएको निशुल्क मोतीविन्दु शल्लिक्रिया कार्यक्रममा अप्रेशन गरिएका बिरामीहरुलाई चश्माको साथै एक महिनाको लागि निशुल्क औषधी बितरण गरिएको कुँवरले जानकारी दिएका छन् । उक्त कार्यक्रममा आँखा अस्पताल, सुर्खेतमा कार्यरत डा. मनिस खतिवडाको टीमले प्राविधिक सहयोग गरेको थियो । कर्णाली प्रदेशका १० वटा जिल्लाका १६ वटा पालिकामा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम संचालन गरेको नेपाल नेत्र ज्योती संघ सुर्खेतले नलगाडको दल्लीमा संचालन गरेको निशुल्क मोतिविन्दु शल्लिक्रिया कार्यक्रम कर्णाली प्रदेशकै पहिलो कार्यक्रम हो । कार्यक्रम संचालन गरिएका कर्णाली प्रदेशका सबै पालिकामा निशुल्क मोतिविन्दु शल्लिक्रिया कार्यक्रम संचालन गरिने नेपाल नेत्र ज्योती संघ, सुर्खेतले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्