News Portal

छुवाछुत तथा जातिय भेदभाव सम्बन्धि भेरी नगरपालिकामा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

७३६ पटक

छुवाछुत तथा जातिय भेदभाव सम्बन्धि सुक्रबार भेरी नगरपालिकामा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक अभियान्ता र सरोकारवालाहरुसंग भेरी नगरपालिकाले समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

विगत तीन बर्ष पहिले देखि भेरी नगरपालिकाले संचालन गरेको छुवाछुत तथा जातिय भेदभावमुक्त नगर घोषणा अभियानलाई पूर्णता दिन नगरपालिकाले सामाजिक अभियान्ता र सरोकारवालाहरुसंग समिक्षात्मक अन्तरक्रिया अभियान संचालन गरेको हो । उक्त समिक्षात्मक अन्तरक्रिया कार्यक्रममा विगतदेखि हालसम्म छुवाछुत तथा जातिय भेदभावमुक्त नगर घोषणा सम्बन्धि वडा, गाउँ, टोलमा संचालन गरिएका कृयाकलापहरुको समिक्षात्मक जानकारी गराईएको थियो भने, आगामी दिनमा कार्यान्वयन गर्नुपर्ने कृयाकलापको जानकारी गराइएको थियो ।

भेरी नगरपालिकालेले संचालन गरेको छुवाछुत तथा जातिय भेदभावमुक्त नगरपालिका, बालमैत्री नगरपालिका र पूर्णसरसफाईयुक्त नगरपालिका घोषणा अभियान सामाजिक रुपान्तरण तथा विकासका लागि महत्वपूर्ण अभियान रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले भनाई राखेका थिए । यो बर्ष निर्वाचनको बर्ष भएको हुदा निर्वाचन आचारसंहिताले छुवाछुत तथा जातिय भेदभावमुक्त नगरपालिका घोषणा अभियानलाई प्रभावित नगराउने गरी काम गर्न अभियान्ताहरुलाई अधिकृत घर्तीले आग्रह गरेका थिए ।

नगरपालिकाका १३ वटा वडामा कार्यरत २६ जना सामाजिक अभियान्ता, पत्रकार र नगरपालिकामा कार्यरत कर्मचारीहरुको सहभागितामा सम्पन्न भएको उक्त समिक्षात्मक अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख भावना भण्डारीले गरेकी थिईन भने, कार्यक्रमको सहजकर्ता नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाह रहेका थिए ।

प्रतिकृया दिनुहोस्