News Portal

भत्किएको घरको चुहिने छानामनि विक परिवारको बास

विकको परिवारलाई वडाअध्यक्ष पन्तले दिए ३० किलो चामल

६९१ पटक

भत्किएको घरको चुहिने छानामनिको बास छ । खाने गाँसको अभावमा सुनिता विकको परिवार भौतारी रहेको छ ।

दुई छोरा र दुई छोरी सहित पाँच जनाको परिवार रहेको विक परिवारको घरमुली सुनिता विक हुन् । कमाई गर्न कलापहाड पुगेका विकका श्रीमान दिपक विकको एक बर्ष पहिला भारतमै मृत्यु भईसकेको छ । १२ बर्ष पहिला सपरिवार कलापहाड पुगेका विक परिवार दिपकको मृत्यु पश्चात अहिले घर फर्केका छन् ।

नलगाड नगरपालिका–४ सिस्नेरीमा रहेको उनको घर १२ बर्ष पहिलाको जस्तो छैन । घरका भित्ताहरु भत्किएका छन् । छानो चुहिने भएको छ । भत्किएका भित्ता, चुहिने छाना भएको घरमै बस्नुको बिकल्प छैन सुनितालाई । बर्षाको झरीमा चुहिने घरभित्रको बास हेर्दानै जेपालो मनिको पसे जस्तो देखिन्छ । मुत्युसंग निहुँ खोजे जस्तैगरी बास बसीरहेको सुनिताको परिवारलाई यतिवेला बस्ने बासको मात्र नभएर खाने घाँसको लागि पनि तट्पिनु परिरहेको छ ।

३५ बर्षिय सुनितालाई छोरा सुन्दर विक, सुनिल विक, छोरी पूनम विक र राधिका विकको लालनपालन कसरी गर्ने भन्ने बिषयले पिरोली रहेको छ । उनलाई साँझ विहानको छाँक टार्ने विषयले मात्र होईन जोखिमपूर्ण बास भित्रको दैनिक रातहरु कसरी विताउने भन्ने विषयले सताउने गरेको छ । छोरा छोरीको उचित शिक्षा, स्वास्थ्यको व्यवस्थापन गर्नु उनलाई मुस्किल भईरहेको छ । प्रतिकुल मौषममा कसरी छोरा छोरीसहित आफुलाई सुरक्षित राख्ने, पेटभरी खानाको जोह कसरी गर्ने भन्ने बिषयले उनलाई सताउने गरेको छ ।

तत्कालिन अबस्थामा आएको समस्यालाई बुझ्न वडाअध्यक्ष बद्री पन्त मंगलबार सुनिताको घरमा पुगेका थिए । सुनिताको घरको अबस्थालाई देखेपछि वडाअध्यक्ष पन्तले व्यक्तिगत रुपमा ३० किलो चामल किनेर मंगलबार नै सुनितालाई हस्तान्तरण गरेका छन् । घरको विस्तृत अबस्थालाई कापिमा टिपोट गरेका वडाअध्यक्ष पन्तले नआतिन सुनितालाई सुझाव दिएका छन् । सत्ता र सरकार भनेकै जनताको लागि काम गर्ने निकाय भएको जानकारी दिदै वडाअध्यक्ष पन्तले सुनिताको परिवारको व्यवस्थापनमा साथ दिने भनेर ढाडस दिएका थिए । कुनै पनि निकायबाट सुनिताको घरपरिवारको बस्ने बास र खाने गाँसको व्यवस्थापन गर्न आफु लागि पर्ने वडाअध्यक्ष पन्तले प्रतिवद्धता व्यक्त गरेका छन् ।

लामो समय पत्रकारिता क्षेत्रमा रहदा नै वडा अध्यक्ष पन्त सुनिता जस्तै विपतिमा रहेका तमाम नागरिकहरुको उद्धार, राहत, पुर्नस्थापना कार्यमा संलग्न भईसकेका छन् । विश्वव्यापी कोभिड–१९ को महामारीले जाजरकोट जिल्ला प्रभावित भएको वेला वडाअध्यक्ष पन्त पत्रकारिता पेशामै स)लग्न थिए । कोभिड–१९ को संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचारमा पन्तले खेलेको भुमिका र पुर्याएको योगदान अतुलनिय रहेका छ ।

प्रतिकृया दिनुहोस्