Hamro Sanchar

उम्मेदवारहरुलाई नागरिक समाजको खुला–पत्र

आगामी मंसीर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र कर्णाली प्रदेश सभा सदस्य पदका लागि हुने निर्वाचनमा जाजरकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नंवर १ तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई खुला पत्र मार्फत ठोस प्रतिवद्धताका लागि नागरिकका सवालहरु, अपेक्षाहरु, अनुभूतिहरु र आग्रहहरु

राजेन्द्र विक्रम शाह प्रकाशित : २०७९/७/६ गते
जाजरकोट

१.सीमित मानिसहरु धनी वन्ने, सुरक्षित रहने, श्रोतमा नियन्त्रण गर्ने र वहुसंख्यक नागरिक विपन्नतामा वांच्ने, असुरक्षित रहने र श्रोत, सुविधा र अवसरवाट वन्चित रहने परिपाटी वदल्ने योजना ।

२.नागरिकको मौलिक मानव अधिकार शिक्षा र स्वास्थ््य सर्वसुलभ, गुणस्तरीय र नियमितताको योजना ।

३. राजनीतिक दलहरु जनता, न्याय र सुशासनका पक्षमा काम गर्दैनन् भन्ने आम महसूसिकरण र अविश्वासलाई अव विश्वासमा वदल्ने योजना ।

४. कर्मचारीहरु वास्तविक राष्ट्रसेवक वन्न सकेका छैनन् भन्ने आम महसूसिकरण र अविश्वासलाई अव विश्वासमा वदल्ने योजना ।

५. हजारौं शहीदको वलिदानीले स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र परिणाम उन्मुख भन्दा प्रक्रिया उन्मुख स्वरुपमै छ, यसलाई वदल्ने आंट र क्षमताको प्रत्याभूति ।

६. अधिकार वाहेक र कर्तव्य पालक श्रृजनशील, र अनुशासित नागरिक संस्कारको उन्नयन गर्ने ।

७. संघीयताको कार्यान्वयन मार्फत शहीदका सपना पूरा गर्ने ठोस योजना ।

८. सरकारी स्रोत, अवसर र सुविधा खास लक्षित वर्ग सम्म पुर्याउने, युवा रोजगारी, उद्यमशीलता विकासका काम प्रभावकारी वनाउने, महिला र वालवालिका माथीका हिंसा, शोषण र दुव्र्यवहार रोक्ने, स्थानीय तह, प्रदेश र संघका निर्णय प्रक्रियामा महिला सहभागिता वढाउने योजना ।

९. राज्यवाट न्याय र सुरक्षाको प्राप्तिको विश्वास जगाउने योजना ।

१०. वैंक र वित्तिय संस्थाको चरम व्याजका कारण नागरिकको विस्थापन, आत्महत्या र असुरक्षित जीवन श्रृंखला रोक्ने र सुलभ वित्तिय सेवा र सहयोगको योजना ।

११. लघु, साना तथा मझौला उद्योग र कारखाना, कृषि र वन क्षेत्रका प्रविधि अनुसन्धान केन्द्र स्थापना, पूर्णसरसफाई उन्मुख घोषणा गर्ने तथा पूर्ण साक्षर घोषणा र पूर्ण खोपयुक्त घोषणाको दीगोपना र गुणस्तर कायम गर्नें योजना ।

१२. पर्यटन विकास योजना र नीति वनाउने, विकास आयोजनाहरुमा जलवायु परिवर्तन र विपद संवेदनशीलतालाई ध्यान दिने, राष्ट्रिय गौरवको आयोजना नलगाड जल विद्युत आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राख्न र केन्द्रीय प्रसारण लाईन सवै क्षेत्रमा विस्तार गर्ने योजना ।

१३. ऐतिहसिक जाजरकोट दरवारलाई संग्रहालय वनाउने र जिल्लाका अन्य विशेष महत्वका धरोहर र सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्ने, स्थानीय भाषा, संस्कृति, साहित्य, कला, हाम्रा गौरवको संरक्षण, अभिलेखन तथा प्रचार प्रसारका योजना ।

१४. जैविक विविधता, जल सम्पदा सहितका प्राकृतिक श्रोत साधनको संरक्षण र सम्वद्र्धन, महिला, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, एकल महिला, तेस्रो लिंगी, अल्पसंख्यक, लोपोन्मुख, दलित, जनजाती, विपन्न, अति गरीव, विस्थापित जस्ता समुदायको सामाजिक सुरक्षा योजना ।

१५. दीगो भूव्यवस्थापन सहित भूमिहीन दलितलाई आवासका लागि भूमी उपलव्ध गराउने योजना ।

१६. जनताको जीवन सुरक्षा, उत्पादन, व्यावसायिकरण र आर्थिक समृद्धिमा सहयोग पुग्ने गरी वैक, विमा तथा अन्यवित्तिय सेवाको विस्तार, संस्थागत क्षमता विकास, व्यवस्थापन र नियमन गर्ने ।

१७. सडक, सिंचाई, पूल, विद्युत, खानेपानी जस्ता सामुदायिक भौतिक तथा सामाजिक पूर्वाधारको व्यवस्था गर्ने योजना ।

१८. संघीय निजामती सेवा र शिक्षा ऐन जारी गरी कर्मचारी र शिक्षक, नीजि तथा राहत शिक्षक, विद्यालय कर्मचारी, वाल विकास केन्द्र सहजकर्ताका जायज माग सम्वोधन गर्ने योजना ।

१९. मानव स्वास्थ्य वीमा, वाली वीमा, पशु विमा विस्तार गर्ने योजना ।

२०.प्राविधिक धारका माध्यामिक विद्यालय विस्तार गर्ने, प्राविधिक शिक्षालय थप गर्ने र उच्च शिक्षा स्नातकोत्तर तहमा विषय थप गर्ने योजना ।

२१.वाल विवाह, लैंगिक हिंसा, मानव वेचविखन, वाल श्रम, जातीय छुवाछूत र विभेद, लागू औषध दुव्र्यशन जस्ता सामाजिक विसंगति, र असमानताको अन्त्यका ठोस योजना ।

२२.प्राविधिक विषयको स्नातक तह अध्यापन गराउने र वहुप्राविधिक शिक्षालय थप गर्ने, सवै तह र विषयको शिक्षण सिकाई उपलव्धी सुधार गर्न कार्ययोजना निर्माण र कार्यान्वयन गर्ने, विशेष प्राविधिक उच्च शिक्षामा गरीवको पहुंच वढाउन सरकारी छात्रवृत्ति व्यवस्था गर्ने र विभिन्न नाममा सार्वजनिक शिक्षण शिक्षण संस्थामा नियम विपरीत लिईने शुल्क संकलन वन्द गर्ने योजना ।

२३.युवाहरुलाई प्रत्यक्ष रोजगारी श्रृजना गर्ने शीप र प्रतिष्पर्धिता विकास गर्ने, अपांगता भएका व्यक्तिको जीवनयापन, पहुंच र पुनस्र्थापना गर्ने, वाल विवाह, वाल श्रम, वेचविखन र दुव्र्यवहार विरुद्ध सशक्त जनमत निर्माण गर्ने, महिला, दलित, जनजाती, वालवालिका माथी हुने विभेद, दुव्र्यवहार, वेचविखन तथा हिंसा जस्ता विसंगति अन्त्य गर्ने, महिला माथी हुने हिंसा, वेचविखन, वहुँविवाहको अन्त्य गर्ने र न्याय तथा सुरक्षाको ठोस अनुभूति दिलाउने योजना ।

२४. जिल्ला सदरमुकाम र स्थानीय तहमा ठूला खेल मैदान लगायतका पूर्वाधारहरुको विकास, डिजिटल युगको मागअनुसार मानवीय जनशक्ति विकास गर्ने ।

 

२५. युवाहरुलाई समय तथा वजार माग अनुकूल निजामती, शिक्षक, प्रहरी, अनुसन्धान, सशस्त्र प्रहरी, सेना, सार्वजनिक संस्थान जस्ता क्षेत्रमा रोजगारीका अवसरमा प्राप्त गर्न परामर्श दिने र प्रतिष्पर्धी क्षमता विकास, स्थानीय तहको कार्य सम्पादन क्षमता र गुणस्तर प्रवद्र्धन तथा वित्तिय जोखिम न्यूनीकरण गर्ने योजना ।

२६. नागरिक समाजका अंगहरुको सवलीकरण, जिल्लाको विकासका लागि नियमित सम्वाद, संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने जन प्रतिनिधि र जनताहरु वीच अन्तरक्रिया, सार्वजनिक जवाफदेहीता र पारदर्शिताका लागि सामाजिक परीक्षण, लैंगिक तथा वाल वजेट विश्लेषण, आन्तरिक लेखा परीक्षण, सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, ग्राहक वा सेवाग्राही सन्तुष्टि मापन योजना ।

२७. सूचकमा आधारित तेश्रो पक्ष अनुगमन, मूल्यांकन र समीक्षा प्रणाली, नागरिकको सूचनाको हक प्रवद्र्धनका लागि स्वत प्रकाशन (एचयबअतष्खभ म्ष्कअयिकगचभ), सूचना अधिकारी व्यवस्था र कानून वमोजिम सूचना प्रवाह कार्य संस्थाथगत गर्ने कर्मचारी, जन प्रतिनिधि, राजनीतिक दल र सरोकारवालाहरुको क्षमताको विकास एवं मनोवल तथा जन सेवाभावलाई उच्च राख्ने नीतिगत र उत्प्रेरणात्मक व्यवस्थाहरु कार्यान्वयन गर्ने योजना ।

ठोस प्रतिवद्धताका लागि आग्रह सहित,
धन्यवाद ।

(लेखकः शाह नागरिक समाज, जाजरकोट अगुवा हुन् । )

प्रतिकृया दिनुहोस्