News Portal

हराएका दुई बालकलाई प्रहरीले फेलापारी अविभावकका जिम्मा लगायो

३०६ पटक

घराबाट हराएका दुई बालकलाई नेपाल प्रहरीले फेलापारी बालकका अविभावकलाई जिम्मा लगाएको छ । बारेकोट गाउँपालिका–१ सिल्पाचौरका दुई बालकलाई नेपाल प्रहरीले रुकुमपश्चिमको चौरजहारीमा फेलापारी सोमबार बालकका अविभावकलाई जिम्मा लगाएको हो ।

बारेकोट गाउपालिका–१ सिल्पाचौरका पदम बहादुर घर्तीको १३ बर्षिय छोरा हेमन्त कुमार घर्ती र परिमल घर्तीको १२ बर्षिय छोरा गोविन्द घर्तीलाई रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ चौरजहारी बजारमा अलपत्र अवस्थामा प्रहरीले फेलापारेको जाजरकोट जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उक्त दुई बालकलाई जाजरकोटको मटेला प्रहरी चौकीबाट प्रहरीले बालककी सानी आमा निर्मला थापा पुनलाई जिम्मा लगाएको जनाएको छ । ति बालकहरु यही मंसिर १५ गतेदेखि आफ्नै घराबाट हराएका थिए ।

प्रतिकृया दिनुहोस्