जाजरकोट जिल्लाको छेडा–खलंगा सडक खण्डमा सनिबारदेखि जेब्राक्रसिङ्ग संचालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय, जाजरकोट र सडक डिभिजन कार्यालय चौरजहारीको संयुक्त पहलमा जेब्राक्रसिङ्ग संचालनमा आएको हो ।
जिल्लाको छेडा–खलंगा सडक खण्डमा अत्याधिक मात्रामा मान्छेहरुको आवतजावत हुने भएकोले जेब्राक्रसिङ्ग संचालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । उक्त सडक खण्डको १२ स्थानमा ट्राफिक नियम अनुसार जेब्राक्रसिङ्ग बनाई संचालनमा ल्याएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । जेब्राक्रसिङ्ग संचालनमा ल्याउनुले सवारी दुर्घटना न्युनिकरणको सचेतनामुलक सन्देश प्रवाह हुने प्रहरी कार्यालयको भनाई रहेको छ ।