News Portal

छेडागाडको ५ नंम्बर वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

४११ पटक

छेडागाड नगरपालिकाको वडा नं. ५ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ । छेगाड नगरपालिकाले जारी गरेका अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन–२०७५ तथा अनिवार्य तथा आधारभुत शिक्षा कार्यान्वयन निर्देशिका–२०७७ बमोजिम वडा नं. ५ लाई सोमबार एक विशेष कार्यक्रमको आयोजना गरेर अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको हो ।

आधारभुत तह (४ बर्षदेखि १२ बर्ष सम्मका) शतप्रतिशत बालबालिकाहरु बिद्यालयमा भर्नामा निरन्तरता भएकोले पनि ५ नं वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्न सजिलो भएको थियो । घोषणा कार्यक्रममा वडा भित्रका सामुदायिक तथा संस्थागत बिद्यालय, सहयोगी संस्था र कर्मचारीहरुलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा बालबालिकाहरुले नृत्य तथा गित पस्तुत गरेका थिए भने, कबिता बाचन गरेका थिए ।

“हामी सबैको एउटै ईच्छा, बालबालिकाहरुका लागी अनिवार्य तथा निःशुल्क शिक्षा ।” भन्ने नारा सहित संचालन गरिएका बिभिन्न कार्यक्रमहरुले छेडागाडको वडा नं ५ मा शतप्रतिशत बालबालिकाहरु बिद्यालय भर्नामा निरन्तर हुनुको साथै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणामा पुर्याउन मद्दत गरेका थिए । वडा नं ५ का वडा अध्यक्ष पूर्ण बहादुर शाहीले सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्दे ११ बुँदे घोषणापत्र बाचन गरेका थिए ।

वडा नं ५ को आयोजनामा आयोजित घोषणा कार्यक्रमलाई पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनले आर्थिक तथा प्राबिधिक सहयोग गरेका थिए । वडा नं ५ का वडा अध्यक्ष पूर्ण बहादुर शाहीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र बहादुर थापा रहेका थिए । अन्य अतिथिहरुमा नगरपालिकाका बिद्यालय समन्वयकर्ता टेक बहादुर थापा, बिभिन्न वडाका वडा अध्यक्ष, सेभ द चिल्ड्रेनका चेतराज पाध्याय र जगदिश ंिसंह, पाँचतारा युवा संरक्षक मन्च जाजरकोटका कार्य समिती सदस्य गिता शाही, कार्यक्रम निर्देशक पुष्पराज खतिवडा, बिभिन्न बिद्यालयका बि.ब्य.स. अध्यक्ष तथा सदस्य र प्रअहरु रहेका थिए । कार्यक्रममा समाजसेवी, बुद्धिजिबी, राजनितीक दलका प्रतिनिधी, नागरिक समाज, पाँचतारा युवा संरक्षक मन्च जाजरकोटका कर्मचारी, अभिभावक, बालबालिका, लगायतको उपस्थिती रहेको थियो ।


राष्ट्रिय शैक्षिक उद्देश्य, नीति तथा कानुनको कार्यान्वयनका लागी सबैले हातेमाले गर्नुपर्ने छेडागाड नगरपालिकाका उपप्रमख चन्द्र बहादुर थापाले भनाई राखेका थिए । भौतिक बिकास मात्र बिकास नभएको बताउदै उपप्रमख थापाले बालबालिकाहरुमा गरिएको लगानी नै बास्तविक बिकास भएको बताएका थिए । भबिष्यका कर्णधार, समाज निर्माता, बालबालिकाहरु भएको बताउदै उपप्रमुख थापाले बालबालिकालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका थिए । आगामी आर्थिक बर्षको बजेटमा नगरपालिकाले शिक्षालाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने उपप्रमुख थापाले बताएका थिए । आगामी दिनमा नयाँ शैक्षिक योजना निर्माण गर्ने बताउदै उपप्रमुख थापाले शिक्षाका क्षेत्रमा पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनले गरेको योगदानको प्रशंसा गरेका थिए ।

बालबालिकालाई बिद्यालयमा सिकाउने र टिकाउन सबै सरोकारवालाः शिक्षक, अभिभावक, ब्यबस्थापकिय पक्षको महत्वपूर्ण भुमका रहेको छ उपप्रमुख थापाले भने–“सबैका लागी शिक्षा जन्मसिद्ध अधिकार भएकाले गुणस्तरिय शिक्षाका लागी हामी सबैको साझा दाहित्व र जिम्मेवारी भएकाले यसलाई ब्यबहारमा उतार्नु अनिवार्य रहेको छ ।” बालबालिकाको शैक्षिक अधिकारको ग्यारेन्टी गर्न नगर शिक्षा युवा तथा खेलकुद शाखा सदैब तयार रहेको नगरपालिकाका बिद्यालय समन्वयकर्ता टेक बहादुर थापाले भनाई राखेका थिए ।

शिक्षा बिना केही पनि सम्भब नभएको बताउदै बालबालिकाको शिक्षामा पहुंच र निरन्तरता हुनुपर्ने समन्वयकर्ता थापाले बताएका थिए । छेडागाड नगरपालिकालाई कर्णाली प्रदेशकै पहिलो अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गर्न सेभ द चिल्ड्रेन र आफनो तर्फबाट समन्वय तथा सहकार्य गर्ने सेभ द चिल्ड्रेनका चेतराज पाध्यायले प्रतिबद्धता ब्यक्त गरेका थिए । बालबालिकाले पाउनुपर्ने बाल अधिकारहरु मध्ये शिक्षाको अधिकार महत्वपूर्ण भएको र यस कार्यका लागी सबैले आआफ्नो तर्फबाट भुमिका खेल्नुपर्ने पाँचतारा युवा संरक्षक मन्च जाजरकोटका कार्य समिति सदस्य गिता शाहीले भनाई राखेकी थिईन् । पाँचतारा युवा संरक्षक मन्च जाजरकोट सदैब सबै सरोकारवालाहरुसंग समन्वय, सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको कार्य समिति सदस्य शाहीले आफनो धारणा राखेकी थिईन ।

प्रतिकृया दिनुहोस्