News Portal

छेडागाडमा नागरिक समाज संजालको क्षमता अभिबृद्धि तालिम सम्पन्न

२६४ पटक

छेडागाड नगरपालिकामा नागरिक समाज संजालको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । संजालका पदाधिकारी र सदस्यहरु सहित २८ जनालाई २ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको हो ।

तालिममा बालबालिका सम्बन्धिका बिभिन्न ऐन नियम र संबिधानमा भएका ब्यबस्थाहरु, बाल अधिकार संरक्षण तथा प्रर्बद्धन गर्नका लागी नागरिक समाजको काम कर्तब्य र भुमिकाको विषयमा सहभागीहरुलाई अभिमुखिकरण गरिएको थियो । साथै सार्बजनिक सेवा प्रबाहलाई थप ब्यबस्थित, चुस्तदुरुस्त गर्न गराउने काममा नागरिक समाजको भुमिकाको विषयमा पनि तालिममा सहजीकरण गरिएको थियो ।

उक्त तालिम पाँचतारा युवा संरक्षक मन्च जाजरकोटको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राबिधिक सहयोगमा सञ्चालन गरिएको थियो । कार्यक्रमको सहजीकरण सेभ द चिल्डे«नका परियोजना संयोजक जगदिश सिंह, पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका परियोजना संयोजक कुबेर के सी, कृष्ण बहादुर कार्की र मधुराज उपाध्यायद्धारा गरिएको थियो ।

नगरपालिका स्तरमा बालबालिकाहरुका सवालहरुलाई प्रभाबकारी रुपमा सम्बोधन गर्न, सार्बजनिक सेवा प्रबाहलाई चुस्तदुरुस्त गर्न गराउन र सबै नागरिकका पहु‘चमा सार्बजनिक सेवा अभिबृद्धि गर्न र नागरिक समाजको भुमिकालाई बढाउनका लागी मान बहादुर शाहीको संयोजकत्वमा १७ सदस्यीय पालिका स्तरमा नागरिक समाज संजालको पुर्नगठन गरिएको छ । उक्त संजालमा छेडागाड नगरपालिकाका १३ वटै वडाको प्रतिनिधित्व हुनेगरी पदाधिकारी सहित सदस्यहरुको छनौट गरिएको थियो । जसमा रामप्रसाद शर्मा उपसंयोजक, देबी थापा कोषाध्यक्ष, नरेश थापा सचिब र अन्य प्रत्येक वडाहरुबाट १÷१ जना रहने गरी १७ जना सदस्यहरु छनौट गरिएको थियो । साथै नागरिक समाज संजालको कार्यबिधी पनि पारित गरिएको थियो । अन्त्यमा सबै सहभागीहरुले आगामी दिनमा बालबालिकाहरुका बिषयहरु तथा सवालहरुलाई प्रभाबकारी रुपमा सम्बोधन गर्न र सार्बजनिक सेवा प्रबाहलाई आम नागरिकको पहु‘चमा पुरयाउनका लागी आआफनो तर्फबाट प्रभाबकारी रुपमा भुमिका बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

नागरिक समाज संजालले स्थानीय सरकार र सबै नागरिक बिचमा मध्यस्थकर्ताको रुपमा काम गर्नुपर्ने, आम नागरिकको समस्याहरु समाधान गर्न, सुशासन कायम गर्नमा आफ्नो शसक्त भुमिका निर्बाह गर्नुपर्ने भन्दै पाँचतारा युवा संरक्षक मन्च जाजरकोटका कार्य समिती सदस्य एबं नागरिक अगुवा गिता शाहीले आफनो धारणा राखेकी थिईन ।

नागरिकका दबेका आवाजहरु नागरिक समाजले बुलन्द गर्ने छ, सबैसंग सहकार्य तथा समन्वय गरी सबै नागरिकको पक्षमा काम गर्नेछ र आगामी दिनमा नागरिक समाजले आफ्नो भुमिका बढाउने छ भन्दै स्थानिय समाजसेवि पूर्ण बहादुर गिरीले आफ्नो भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस्