Hamro Sanchar

जाजरकोट दरबारलाई संग्रालय बनाउने समन्वय बैठकको निर्णय

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/५/१६ गते
जाजरकोट

ऐतिहासिक जाजरकोट दरवारलाई संग्राहलय वनाउन समन्वय बैठकले निर्णय गरेको छ । शुक्रबार जिल्ला स्थित सरोकारवालाहरुको समन्वय वैठकले यस्तो निर्णय गरेको हो । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा समन्वय वैठक सम्पन्न भएको थियो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहको प्रमुख आतिथ्यता र जिल्ला स्थित सुरक्षा निकाय, राजनैतिक दल, पत्रकार, नागरिक समाज तथा अन्य सरोकारवालाहरुको सहभागितामा सम्पन्न भएको उक्त वैठकले ऐतिहासिक सम्पदाको रुपमा रहेको जाजरकोट दरवारलाई पर्यटकीय गन्तव्यमा विकास गर्न संग्रालय बनाउने निर्णय गरेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले वताए । तीन वटा एजेण्डा राखेर आयोजना गरिएको वैठकले जाजरकोट दरवारमा संग्राहलय स्थापनाका लागि सरकारसंग अनुरोध गर्ने र सो कार्य नहुन्जेल सम्म प्रतिष्ठानको व्यवस्थापन र अगुवाइमा रातो दरवार भित्र प्रारिम्भक जाजरकोट दरवार संग्राहलय संचालन गर्ने निर्णय भएको जानकारी दिए ।

वैठकले सदरमुकाम खलंगामा खानेपानीको आपुर्तिको श्रोत रहेको तथा जिल्लाको इतिहाससंग जोडिएको वुदवुदीको जंगल क्षेत्रलाई संरक्षित क्षेत्र वनाएर यसको संरक्षणको पहल लिन प्रदेश सरकार तथा अन्य निकायहरुसंग आग्रह गर्ने निर्णय पनि गरेको छ ।

जिल्लाका सम्पदा संरक्षणका लागि जिल्लामा पहिलो पटक आयोजित उक्त वैठकले जिल्लाका अन्य महत्वपुर्ण सम्पदाहरुको जगेर्नाका लागि आफनो आफनो क्षेत्रवाट सरकारी तथा गैरसरकारी पहलहरु लिएर आर्थिक पर्यटनको विकासका कार्यहरु अघि वढाउने निर्णय पनि गरेको छ । वैठकमा वोल्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री वेदराज सिंहले जाजरकोट दरवारलाइ संग्राहलय वनाउन प्रदेश सरकारले सक्रिय भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । जाजरकोट दरवार कर्णाली प्रदेशकै महत्वपुर्ण ऐतिहासिक सम्पदा भएकोले संग्राहलय वनाउन प्रतिष्ठानले अघि वढाएको कदमलाई पुर्ण समर्थन गर्दै सरकारका तर्फवाट संग्रालय स्थापनाका बाँकी कामहरु गर्न प्रदेश सरकार तयार रहेको वताए । कर्णाली प्रदेश सरकारले आफै निर्णय गरेर या संघ सरकारसंग समन्वय गरेर जाजरकोट दरवार संग्राहलय वनाउन आफु लागि पर्ने मन्त्री सिंहले वताए ।

जाजरकोट दरवारलाई संग्राहलय बनाउन आफुहरुको तर्फवाट सक्दो सहयोग हुने जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीवहादुर खत्रीले वताए । जाजरकोट दरवार संग्राहलय स्थापना र वुदवुदीको जंगल संरक्षणको लागि वैठकले गरेका निर्णय कार्यान्वयनमा स्थानीय प्रशासनको तर्फवाट आफुहरुले सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले वताए ।

जिल्लाको पहिचानका रुपमा रहेको जाजरकोट दरवार वनाउने कुरा निकै सान्दर्भिक र आवश्यक रहेको बताउदै कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले यसका लागि कुशे गाउँपालिकाको तर्फवाट सवै प्रकारको सहयोग गर्नै वताए ।

जिल्लामा सम्पदा संरक्षण र दरवार संग्राहलय वनाउनका लागि जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले सुरु गरेको अभियानलाई सवैले सार्थकता दिन लागि पर्नुपर्ने नेपाली काँग्रेस जाजरकोटका कार्यवहाक सभापति खडक वहादुर वुढाले वताएका थिए । जिल्लाको पहिचानको रुपमा जाजरकोट दरवारलाई संग्राहलय वनाउन संघ र प्रदेश सरकारले भुमिका खेल्नु पर्नेमा उनले जोड दिएका थिए । जाजरकोट जिल्लाको महत्वपुर्ण सम्पदाको रुपमा रहेको जाजरकोट दरवार र वुदवुदीको जंगल क्षेत्रको उचित संरक्षण गर्न ढिला गर्न नहुने नेकपा एमाले जाजरकोटका अध्यक्ष खीम वहादुर शाहीले वताएका थिए । प्रतिष्ठानले लिएको अग्रसरतामा अव सवै जिल्लावासी र सरकारले साथ दिनुपर्नेमा अध्यक्ष शाहीले जोड दिएका थिए ।

जिल्लाका सम्पदाहरु जोगाउने काम सरकारहरुको भएकोले यसमा सवैले साथ दिनुपर्ने वेला आएको माओवादी केन्द्रका प्रतिनीधि लोकेन्द्र रोकायले वताएका थिए । उनले समन्व्य वैठकले गरेका निर्णयहरु सवैले इमान्दारीतापुर्वक कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका थिए ।

जिल्लाको पहिचान र इतिहाससंग जोडिएको जाजरकोट दरवारलाई संग्राहलय वनाउने र वुदवुदीको जंगलक्षेत्रलाई जोगाउन प्रतिष्ष्ठाले गरेको पहल निकै सराहनीय रहेको राप्रपा जाजरकोटका अध्यक्ष कृष्णविक्रम शाहले वताए । उनले अव यो कार्यलाई निष्कर्षमा पुराउन जिल्ला स्थित सवै सरोकारवाला र सरकारहरुले ध्यान दिनुपर्ने वताए ।

जाजरकोट दरवार संग्राहलय वनाउने अभियानमा आफुहरुको पुरा साथ रहने राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष दलवहादुर खत्रीले वताए । वैठकमा नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष वालकुमार शर्मा, नागरिक अगुवा राजेन्द्रविक्रम शाह, डिभीजन वन कार्यालयका प्रमुख राधा कृष्णदास, सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञस्वर खत्री, दलित नेतृ हजारी नेपाली, भेरी नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष लक्ष्मीप्रसाद आचार्य लगाएतका सहभागिहरुले जाजरकोट दरवार संग्राहलय वनाउने र वुदवुदीको जंगल जोगाउने विषयलाई जिल्लावासीले गम्भीर रुपम लिनु पर्ने धारणा राखेका थिए ।

सहभागीहरुले सवै तहका सरकारले यस विषयमा सक्रियता देखाउन आग्रह गरेका थिए । वैठकमा नभएपनि राष्ट्रिय सभा सदस्यहरु भैरव सुन्दर श्रेष्ठ र माया प्रसाद शर्माले प्रतिष्ठानले लिएको अग्रसरतामा आफुहरुको साथ रहेको र जाजरकोट दरवारलाइ संग्राहलय वनाउने र वुदवुदीको जंगल संरक्षणका लागि आफुहरुले भुमिका निर्वाह गर्ने सन्देश पठाएका थिए ।

आयोजक सँस्था जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले वैठकको सुरुमा विभिन्न तीन वटा प्रस्तावहरु प्रस्तुत गरेका थिए भने त्यसको लगत्तै उनले जाजरकोट दरवार संग्राहलय सम्वन्धी अवधारणापत्र प्रस्तुत गरेका थिए ।

अध्यक्ष केसीले प्रस्तुत गरेका एजेन्डा र दरवारसंग्राहलय सम्वन्धी अवधारणामा सहभागीहरुले आफना तर्फवाट राय सुझाव र धारणा राखेपनि वैठकले विभिन्न तीन वटा निर्णयहरु सर्वसम्मतिले पारित गरेको प्रतिष्ठानका सहसचिव राजुराजा सिंहले जानकारी दिए ।

अध्यक्ष केसीद्धारा प्रस्तत जाजरकोट दरवार संग्राहलय अवधारणा पत्र–२०८० को पूर्णपाठ

 


Tagged ,
प्रतिकृया दिनुहोस्