News Portal

स्रोत बिद्यालयलाई सामाग्री हस्तान्तरण

५०२ पटक

छेडागाड नगरपालिकाको एक स्रोत विद्यालयलाई सामाग्री हस्तान्तरण गरिएको छ । स्रोत विद्यालय संचालनमा सहजता पैदा गर्न विभन्न सामाग्री हस्तान्तरण गरिएको हो ।

छेडागाड नगरपालिका–६ स्थित जनबिकास माध्यमिक बिद्यालयमा विभिन्न सामाग्री हस्तान्तरण गरिएको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले जनाएको छ । उक्त विद्यालयमा अध्ययनरत १३ जना बालबालिकाहरुको दैनिकीमा सहजता पैदा गर्न २१ प्रकारका सामाग्रीहरु हस्तान्तरण गरिएको हो । पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सन्चालित सहयात्रा दोस्रो परियोजनाले सिरक, बाल्टी, गाग्री, ग्याँस चुलो, कार्पेट, पिफर्म, प्लाष्टिक कुर्सी, प्रेसर कुकर, थाल, कचौरा लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

नगरपालिकाका प्रमुख रत्न बहादुर खडकाले बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष केशव थापा र बिद्यालयका प्रधानाध्यापक लाल बहादुर डाँङ्गीलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए । अपाङ्गता भएका बालबालिकालाई शिक्षाको मुलप्रवाहमा ल्याउन उक्त सामाग्री हस्तान्तरण गरिएको पाँचतारा युवा संरक्षक मञ्चले जनाएको छ ।

वडा अध्यक्ष भक्त बहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि रत्न खड्का थिए । उपप्रमुख चन्द्र बहादुर थापा, सेभ द चिल्ड्रेनका परियोजना संयोजकहरु चेतराज उपाध्याय, जगदिश सिंह, पाँचतारा युवा संरक्षक मन्च जाजरकोट कार्य समिति सदस्य गिता शाही, कार्यक्रम ब्याबस्थापक पुष्पराज खतिवडा, कर्मचारी, नपालिकाका बिद्यालय समन्वयकर्ता तथा स्रोत ब्यक्ति टेक बहादुर थापा, समाजसेवी, नागरिक समाज, शिक्षक, शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्चले छेडागाडको शैक्षिक सुधारमा अमुल्य योगदान गरेको नगर प्रमुख खड्काले बताएका थिए । बिपन्न बालबािलकालाई शिक्षाको मुल प्रबाहमा ल्याउन महत्वपूर्ण योगदान गरेको बताउदै नगर प्रमुख खड्काले हस्तान्तरण गरिएका सामाग्रीको राम्रो सदुपयोग हुनेमा विश्वास व्यक्त गरेका थिए । उक्त श्रोत बिद्यालयलाई पालिकाले पनि सहयोग गर्ने नगरप्रमुख खडकाले प्रतिवद्धता व्यक्त गरेका थिए ।

अपाङ्गता भएका बालबालिकालाई शिक्षामा समाहित गर्न स्थानीय सरकार, संघसंस्था, सरोकारवाला सबैसंग सहकार्य तथा समन्वय गर्ने कार्यमा सेभ द चिल्ड्रेन सधै प्रतिद्ध रहेको सेभ द चिल्ड्रेनका चेतराज उपाध्यायले आफ्नो भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस्