News Portal

छेडागाडको ६ नम्बर वडालाई बाल बिबाह निषेधित वडा घोषणा

३८२ पटक

छेडागाड नगरपालिकाको ६ नमबर वडालाई बाल बिबाह निषेधित वडा घोषणा गरिएको छ । नगरपालिकाको बाल बिबाह न्युनीकरण रणनितीक योजना–२०७७, बाल बिबाह र बाल हिंसा मुक्त वडा÷नगरपालिका घोषणा निर्देशिका–२०७९ ले निर्धारण गरेका सुचकहरु पुरा गरेपछि ६ नम्बर वडालाई बाल बिबाह निषेधित वडा घोषणा गरिएको हो ।

वडा कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा नगरपालिकाद्धारा बाल बिबाह निषेधित वडा घोषणा गरिएको थियो । बाल बिबाह कानुनी अपराध भएकाले सामाजिक रुपमा बहिष्कार गरौ, बाल बिबाहका असरबारे समयमै सचेत भई बाल बिबाह नगरौ, नगराऔ भन्ने मुल नारा सहित बिभिन्न कार्यक्रमहरु गरी उक्त घोषणा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा बालबालिकाहरुले बिभिन्न सांस्कृतिक नृत्य, गित, रयाली, नाराजुलुस बाजागाजा सहित वडा परिक्रम गरी सभामा परिणत भएको थियो । बाल बिबाह न्युनीकरण तथा रोकथाम गर्न महत्वपूर्ण भुमिका निर्बाह गरेका बिद्यालय, बालबालिका, प्रहरी कार्यालय, धार्मिक अगुवा समुह, सहयोगी संस्थाहरु र कर्मचारीलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।

नगरपालिकाले बिभिन्न ऐनहरु जारी गरी बाल अधिकार संरक्षण गर्न, बाल बिबाह तथा बाल हिंसा मुक्त गर्ने कार्यमा निरन्तर रुपमा सरोकारवालाहरुसंग सहकार्य तथा समन्वयमा काम गरिरहेको छेडागाड नगर प्रमुख रत्न खड्काले भनाई राखेका थिए । बाल बिबाह तथा बाल हिंसा न्युनीकरण गर्न सबै जना बिशेष गरी अभिभावकहरु सचेत हुनुपर्नेमा नगरप्रमुख खड्काले जोड दिएका थिए । नगरपालिकाका अन्य वडाहरुमा पनि यसैगरी बाल बिबाह मुक्त गरिने नगर प्रमुख खड्काले भनाई राखेका थिए । शैक्षिक गुणस्तर बृद्धि गरेर मात्र सामजिक कुरितीहरु कम हुदै जाने बताउदै प्रमुख खड्काले यसका लागी सबै अग्रसर हुनु जरुरी रहेको बताएका थिए ।

बालबालिकाहरका सवालहरु सम्बोधन गर्न सबैले हातेमालो गर्दै अगाडी बढनुपर्नेमा नगर उपप्रमुख चन्द्र बहादुर थापाले जोड दिएका थिए । बाल बिबाह तथा बाल हिंसा न्युनीकरण गर्न पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनले अतुलनिय योगदान गरेको बताउदै उपप्रमुख थापाले धन्यबाद दिएका थिए ।

बाल बिबाहलाई कानुनले बर्जित गरेको बताउदै सेभ द चिल्ड्रेनका चेतराज उपाध्यायले समुदायबाट बालबालिकाका सवालहरु निराकरण गर्न सबैले आआफ्नो तर्फबाट जिम्मेवारी बहन गर्नुपर्ने भनाई राखेका थिए । बाल अधिकार संरक्षण तथा प्रर्बद्र्धन गर्न सेभ द चिल्ड्रेन सदैब सहकार्य समन्वय गर्न प्रतिबद्ध रहेको उनले बताएका थिए ।

बाल बिबाह जस्तो जटिल समस्या समाधान गर्न नगरपालिका, वडा कार्यालय, सबै सरोकारवालाहरुको कर्तब्य र जिम्मेवारी रहेको पाँचतारा युवा संरक्षक मन्च जाजरकोट कार्यसमिति सदस्य गिता शाहीले बताएकी थिईन । बाल अधिकार संरक्षण गर्न पाँचतारा युवा संरक्षक मन्च जाजरकोट सधै प्रतिबद्ध रहेको उनले धारणा राखेकी थिईन ।

वडा अध्यक्ष भक्त बहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख रत्न बहादुर खडका रहेका थिए । अन्य अतिथिहरुमा नगर उपप्रमुख चन्द्र बहादुर थापा, सेभ द चिल्ड्रेनका परियोजना संयोजकहरु चेतराज उपाध्याय, जगदिश सिंह, पाँचतारा युवा संरक्षक मन्च जाजरकोटका कार्य समिती सदस्य गिता शाही र कार्यक्रम ब्यबस्थापक पुष्पराज खतिवडा, बिद्यालय समन्वयकर्ता तथा स्रोत ब्यक्ति टेक बहादुर थापा, रोजगार संयोजक धन बहादुर बस्नेत, वडा सदस्यहरु रहेका थिए ।

कार्यक्रममा बिभिन्न बिद्यालयका शिक्षक, शिक्षिका, बिद्यार्थी, समाजसेवी, बुद्धिजिबी, राजनितिक दलका प्रतिनिधी, नागरिक समाजका सदस्य, स्थानीय, अविभावक, बालबालिका गरी झण्डै हजारौको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्