News Portal

जाजरकोट बहुँप्राविधिक शिक्षालयको भवन मन्त्री बस्नेतद्धारा उद्घाटन

३०३ पटक

जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । सिटिभिटीद्धारा संचालित जाजरकोट बहुँप्राविधिक शिक्षालयको भवन मन्त्री बस्नेतले सनिबार उद्घाटन गरेका हुन् ।

जाजरकोट बहुँप्राविधिक शिक्षालयको भवन रोयल कन्स्ट्रक्सनले ५ करोड १८ लाखमा निर्माण गरेको थियो । उक्त भवन निर्माणको ठेक्का सम्झौता २६ पुस २०७८ मा भएको थियो ।

उक्त भवन उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, पूर्वशान्तिमन्त्री सत्य पहाडी, भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्ती सहभागी भएका थिए ।

जिल्लाको विकास र समृद्धिको अभियानलाई पुरा गर्ने आवश्यक जनशक्ति उत्पादन गर्न जाजरकोट बहुँप्राविधिक शिक्षालयको महत्वपूर्ण भुमिका रहनेमा कार्यक्रममा बोल्ने बक्ताहरुले भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस्