News Portal

चौरजहारीमा निशुल्क २ दिने मोतिविन्दु शल्यक्रिया शिवीर सम्पन्न

१८७ पटक

रुकुमपश्चिमको चौरजहारीमा निशुल्क २ दिने मोतिविन्दु शल्यक्रिया शिवीर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ कर्णाली प्रदेशको आर्थिक सहयोग, राप्ती अँखा अस्पताल रक्षाचौर दाङको प्राबिधिक सहयोग, रुकुम आँखा उपचार केन्द्र सल्लेको ब्यबस्थापन र नगरपालिकाको आयोजनामा दुई दिने निशुल्क मोतिविन्दु शल्यक्रिया शिवीर सम्पन्न भएको हो ।

मंगलबार र बुधबार चलेको शिबिरबाट २ हजार २२६ जनाको आँखा परीक्षण गरिएको चौरजहारी नगरपालिकामा कार्यरत एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका सामुदायिक संयोजक टेक बहादुर खड्काले जानकारी दिए । सामुदायिक संयोजक खड्काले दिएको जानकारी अनुसार शिवीरमा ६६ जना मोतिन्दुको समस्या भएका बिरामीहरुको सफल शल्यक्रिया गरिएको छ ।

जेष्ठनागरिकहरुको स्वास्थ्यप्रति सदैब चिन्तित रहेको बताउदै चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले नगरपालिका भित्र जेष्ठनागरिक लक्षित विभिन्न कार्यक्रमहरु संचालन गर्नुको साथै मोतिविन्दु शल्यक्रिया शिवीर संचालन गरेको बताए । शल्यक्रिया पश्चात आँखा देख्न सक्ने भएका जेष्ठनागरिकको मुहारमा देखिएको मुस्कानले आफुलाई हर्षित बनाएको नगर प्रमुख बादीले भनाई राखेका थिए ।

शिवीर समापन कार्यक्रममा चौरजहारी नगरपालिकाका उप– प्रमुख इश्वरी शर्मा विएमले मोतिविन्दु शल्यक्रिया गरेका बिरामीहरुलाइ चस्मा र औसधि बितरण गर्नुका साथै कार्यक्रममा आर्थिक र प्राबिधिक सहयोग गर्ने संस्थालाइ कदर पत्र हस्तान्तरण गरेकी थिईन । समापन कार्यक्रममा उप – प्रमुख शर्मा विएम, स्वास्थ्य शाखा प्रमुख रामबहादुर सुनार, नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका कार्यक्रम संयोजक प्रकाश भट्ट, राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा कार्यरत डा. सन्तोष सुवेदी, रुकुम आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर के.सि लगायत प्राबिधिक टिम, अँखाका बिरामी र स्थानीयहरुको सहभागीता रहेको सामुदायिक संयोजक खड्काले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्