Hamro Sanchar

अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँचबारे बहुसरोकारवालाहरुको समन्वय बैठक सम्पन्न

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/१०/१९ गते
जाजरकोट

भेरी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँचबारे बहु—सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न भएको छ । पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारिमा भेरी नगरपालिकामा सञ्चालन भइरहेको अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुर्नस्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि ९ब्ऋ–ट० कार्यक्रम अन्तरर्गत भेरी नगरपलिकामा अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँचबारे बहु—सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न भएको हो ।

बहु सरोकारवालाहरुको समन्वय बैठक भेरी नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना पहुँच वृद्धि कार्यक्रमको आर्थिक सहयोगमा बैठक सम्पन्न भएको पाँचतारा युवा संरक्षक मञ्चका परियोजना संयोजक गगन खड्काले जानकारी दिएका छन् । बैठकमा महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखाद्धारा आर्थिक वर्ष २०७९÷२०८१ मा भएका क्रियाकलापहरुको प्रगति तथा समिक्षा गरिएको थियो ।

उक्त समन्वय बैठकमा महिला बालवालिका थता जेष्ठ नागरिक शाखाका शाखा प्रमुख विपना पौडेलले प्रस्तुतिकरण गरेकी थिईन । पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारीमा भेरी र नलगाड नगरपालिकामा सञ्चालन भएका क्रियाकलापहरुको प्रगति तथा समिक्षा गरिएको थियो । बैठकमा पहुँच कार्यक्रमका परियोजना संयोजक गगन खड्काले पनि प्रस्तुतिकरण गरेका थिए ।

बैठकमा अपाङ्गता, समावेशीकरण र पहुँच सम्बन्धि छलफल गरिएको थियो । ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनका कार्यक्रम व्यबस्थापक महेन्द्र विक्रम शाहले पनि प्रस्तुतिकरण गरेका थिए । बैठकको अध्यक्षता भेरी नगरपालिकाका नगर उप–प्रमुख तथा अपाङ्गगता भएका भएको व्यक्तिको परिचय पत्र वितरण समन्वय समितिका संयोजक सिता जैसीले गरेकी थिईन । बैठमा अपाङ्गगता भएका भएको व्यक्तिको परिचय पत्र वितरण समन्वय समितिका सदस्यहरु भेरी नगरपालिकाका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ जिल्ला शाखा जाजरकोटका अध्यक्ष बाल कुमार शर्मा, ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनका कार्यक्रम व्यबस्थापक महेन्द्र विक्रम शाह, ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनकै प्रतिमा प्रसाई, अग्नी शाही, पाँचतारा युवा संरक्षक मञ्चका कार्यक्रम व्यबस्थापक पुष्पराज खतिवडा पहुँच वृद्धि कार्यक्रमका कर्मचारी सहित ३० जनाको सहभागिता रहेको थियो । बैठकको सहजिकरण महिला तथा बालवालिका तथा जेष्ठ नागरिक शाखाका शाखा प्रमुख विपना पौडेले गरेकी थिईन ।

बैठकले जाजरकोट जिल्लाको भेरी नगरपालिकामा रहेका संरचना, सेवा तथा अन्य स्थितीको लेखाजोखा गर्नको लागि पालिका स्तरीय ५ जना समिति सहने गरी पहँुच लेखाजोखा समिति गठन भएको छ । समितिको संयोजकमा वडान ८ वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक वीर बहादुर चन्द, सदस्यहरुमा कार्यपालिका सदस्य तथा अपाङ्गगता भएका व्यक्तिको परिचय पत्र वितरण समन्वय समितिका सदस्य मोति नेपाली, अपाङ्गगता भएका व्यक्तिको परिचय पत्र वितरण समन्वय समितिका सदस्य नर बहादुर पुन, देबेन्द्र विक र नेपाल पत्रकार महासंघ जिल्ला शाखा जाजरकोटका प्रतिनिधि बासुदेव शर्मा रहेका छन ।

समितिले अध्ययन गरी ३ महिना भित्र आफ्नो प्रतिवेदन पेश तथा सार्वजनिक गर्ने बताईएको छ । बैठकलाई समापन गर्दै नगर उप प्रमुख सिता जैसीले भेरी नगरपालिकामा अव निर्माण हुने संरचनाहरु बलमैत्री र अपाङ्गमैत्री बन्ने बताएकी थिईन ।


Tagged
प्रतिकृया दिनुहोस्