Hamro Sanchar

सुख्खा पहिरोले पश्चिम जाजरकोटको सडक अबरुद्ध

प्रकाशित : २०८०/१२/५ गते

जाजरकोट
सोमबार विहान गएको सुख्खा पहिरोले पश्चिम जाजरकोटको सडक अबरुद्ध भएको छ । सडक भन्दा माथिबाट आएको सुख्खा पहिरोले सडक अबरुद्ध गरेको हो ।

शिवालय गाउँपालिका– १ को मोर्क बजार र सालतराको बीच भागमा विहान ६ बजेतिर माथिबाट आएको सुख्खा पहिरोले सिङ्गो पश्चिम जाजरकोटको सडक अबरुद्ध भएको स्थानीय पूर्णसमीर महताराले जानकारी दिएका छन् । महताराले दिएको जानकारी अनुसार पहिरो गएको ६ घण्टाको समय वितिसक्दा पनि पहिरो हटाएर यायातका साधनहरु संचालनमा ल्यान सकिएको छैन ।

उक्त पहिरोबाट अबरुद्ध भएको सडकमा मोटर साईकल, जीप, गाडी, ट्रक लगाएतका कुनैपनि यातायातका साधनहरु संचालनमा आउन सकेका छैनन् । सडक अबरुद्ध भएपछि पश्चिम जाजरकोटमा रहेको शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिकाका नागरिकहरुको आवागमन अबरुद्ध भएको छ । चार वटा पालिकाबाट जिल्ला सदरमुकाम खलंगा, नेपालगञ्ज, सुर्खेत, काठमाडौं लगाएतका स्थानमा प्रस्थान गर्न तयारी अबस्थामा रहेका नागरिकहरु प्रभावित भएका छन् ।

पहिरोले गर्दा पश्चिम जाजरकोटको मोर्क, खारा, मनघाट, थलह, बाटुल्या लगाएतका बजारमा दैनिक ढुवानी गरिने खाद्यन्न, लत्ताकपडा लगाएतका दैनिक उपभोग्य बस्तु, सिमेन्ट, सरिया लगाएतका निर्माण सामाग्री ढुवानी गर्न असर परेको छ । स्थानीय महताराले दिएको जानकारी अनुसार पहिरो गएको ६ घण्टाको समय वितिसक्दा पनि पहिरो हटाउन अहिलेसम्म नेपाल प्रहरी, नेपाली सेना सम्बन्धित स्थलमा पुग्न सकेको छैन् । पहिरो हटाउनका लागि सम्बन्धित वडा अध्यक्ष नर बहादुर रानाले भक्खरै डोजरको व्यवस्था गरेको महताराले जानकारी दिएका छन् । वडा अध्यक्ष रानाको व्यवस्थापनमा आएको डोजरलाई उक्त पहिरो हटाउन कम्तिमा ६ घण्टाको समय लाग्ने महताराले बताएका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्