Hamro Sanchar

NNDSWO जाजरकोटको अन्तक्रिया गोष्ठी सम्पन्न

प्रकाशित : २०८१/१/१४ गते

जाजरकोट
दलित बालबालिका तथा युवायुवतीहरुको शैक्षिक अवस्था सुधार गर्ने भन्ने नाराका साथ एक दिवसीय अन्तक्रिया गोष्ठी नलगाडमा आयोजना गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा जाजरकोटले सञ्चालन गरिरहेको नेपाल छात्रवृत्ति कार्यक्रम परियोजना अन्तरगत दलित विद्यार्थीहरुको शिक्षमा पहुँचका लागि सहभागितामुलक योजना प्रक्रियालाई लक्षित गरि स्थानीय सरकार तथा शैक्षिक सरोकारवालाहरु बिच समन्वयात्मक अन्तक्रिया गोष्ठी आयोजना गरिएको सस्थाका जिल्ला कार्यक्रम अधिकृत कृष्ण तिरुवाले बताए ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा जाजरकोटको आयोजनामा दल्लीमा आयोजित कार्यक्रममा नलगाड नगरपालिकाका विभिन्न शाखा प्रमुख तथा सरोकारवालाको सहभागिता रहेको थियो । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा जाजरकोटका अध्यक्ष मान बहादुर सुनारको सभाध्यक्षतमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख डम्बर बहादुर रावत, निमित्त प्रम्ख प्रशासकीय अधिकृत बलबिर विक, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका शाखा प्रमुख सूर्योदय मावि कैनाका प्रधानाध्यापक नर बहादुर शाही, विब्यस अध्यक्ष चन्द्रबहादुर पुन लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला कार्यक्रम अधिकृत कृष्ण तिरुवाले गरेका थिए । सस्थाले जाजरकोटको भेरी नपा, नलगाड नपा, छेडागाड नपा र कुशे गापा मा जम्मा १२० जना दलित समुदायका बालबालिकाहरु लाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।


Tagged
प्रतिकृया दिनुहोस्