आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

माल्यार्पण गरेर जाजरकोटमा मनाइयो ४६ औं पुष्पलाप स्मृति दिवस

प्रकाशित : २०८१/४/७ गते

जाजरकोट
जिल्ला सदरमुकाम खलंगामा ४६ औं पुष्पलाल स्मृति दिवस मनाइएको छ । फोटामा माल्यार्पण गरेर ४६ औं पुष्पलाल स्मृति दिवस मनाइएको हो ।

नेकपा (एकीकृत समाजवादी), जाजरकोटको आयोजनामा ४६ औं पुष्पलाल स्मृति दिवस मनाइएको थियो । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी सवैले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको फोटामा माल्यार्पण गरेका थिए ।

२००६ सालमा पुष्पलाल श्रेष्ठले नेपालमा स्थापना गरेको कम्युनिष्ट पार्टीले ७५ बर्ष परा गरिसकेको नेकपा (एकीकृत समाजवादी), जाजरकोट अध्यक्ष कमान बहादुर खड्काले भनाइ राखेका थिए । गरिब किसान, मजदुरहरुको पक्षमा स्थापना गरिएका नेपालका कम्युनिष्ट पार्टीहरुले दुखी, गरिबहरुको पक्षमा काम गर्न नसकेको अध्यक्ष खड्काले भनाइ राखेका थिए ।

उदारीकरण तथा नीजिकरणको नीति लिएपछि नेपालमा बढि भ्रष्टाचार भएको बताउदै अध्यक्ष खड्काले सरकारी उद्योग तथा कलकारखाना विक्रि गरेर देशलाइ टाट पल्टाउने काम भएको आरोप लगाए । कम्युनिष्ट नेताहरु निष्ठा र प्रतिष्ठामा रहन नसक्ने हो भने, संस्थापक महाचिव पुष्पलालको स्मृति दिवस मनाएर मात्र कम्युनिष्ट नैतिकता रहन नसक्ने अध्यक्ष खड्काले ठोकुवा गरेका थिए ।

४६ औं पुष्पलाल स्मृति दिवस मनाउन आयोजना गरिएको औपचारिक कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) बाट त्रिभुवन माध्यामिक विद्यालय खलंगाको व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित अमृता विसी क्षेत्रीलाइ सम्मान गरिएको थियो । खाँदा, माला र अविर लगाएर पार्टी अध्यक्ष खड्काले विसीलाइ सम्मान गरेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्