News Portal

सुख्खा पहिरोले तीन दिनदेखि खलंगा–पाँचकाटिया सडक अवरुद्ध

२८० पटक

आजै सडक संचालमा ल्याउछौं सडक डिभिजन प्रमुखःशर्माको भनाइ
जाजरकोट
तीन दिनदेखि खलंगा–पाँचकाटिया सडक अवरुद्ध भएको छ । भेरी नगरपालिका–४ र २ को सिमा क्षेत्र कोटखोलामा गएको सुख्खा पहिरोले तीन दिनदेखि खलंगा–पाँचकाटिया सडक अवरुद्ध भएको हो ।

तीन दिनदेखि अबरुद्ध भएको खलंगा–पाँचकाटिया सडकमा कुनै पनि यातायातका साधनहरु संचालनमा आउन सकेका छैनन् । जिल्ला सदरमुकाम खलंगादेखि अन्दाजी साडि एक किलोमिटरको दुरीमा रहेको कोटखोलाको अबरुद्ध सडक खुल्न सकेको छैन् । आइतबार दिउसो माथिबाट आएको सुख्खा पहिरोले सडक अबरुद्ध भएको हो ।

गत कातिक १७ गते मध्येराति गएको भुकम्पको प्राकम्पनले चिरा–चिरा परेको कोटखोलाको जमिन सनिबार रातभरि बर्षाको पानीले भिजेको थियो । आइतबार दिउसो लागेको घामले जमिन तातिएपछि सुख्खा पहिरो गएको थियो । दिउसो गएको सुख्खा पहिरोले सडकभन्दा माथिका रुख, विरुवा, ठुला–ठुला पहर सहितको माटोले उक्त सडक अवरुद्ध गरेको छ ।

जिल्ला सदरमुकाम खलंगामा दैनिक थाप्लोमा बोकेर दुध, दही, तरकारी, फलफुल लगाएतका कृषिउपज आपुर्ति गर्दै आएका किसानहरु सडक अवरुद्ध भएपछि मर्कामा परेका छन् । उक्त ठाउँमा मान्छे समेत हिड्न नमिल्ने गरी पहिरो गएपछि दारा, पोखरा, च्याउमुरा, फारुल्ला, तिलंगे, रिसाङ्गका किसानहरुलाइ कृषिउपज बजारसम्म पुर्याउन कठिनाइ भइरहेको छ । सदरमुकाम भित्र रहेका नीजि तथा सरकारी स्कुलमा पढ्न आउन–जानलाइ त्यहाँका बालबालिका तथा विद्यार्थीहरुलाइ कठिनाइ भएको छ ।

लुम्बिनी–रारा पर्यटन राजमार्ग अन्तरगत कोटखोला सडकखण्ड तीन दिनदेखि अबरुद्ध भएपछि जिल्ला सदरमुकाम खलंगादेखि कुशे, बारेकोट गाउँपालिका र जुम्ला जिल्लामा आउने जाने यात्रुहरु अलपत्र परेका छन् । सडक अबरुद्ध भएपछि जिल्ला सदरमुकाम खलंगादेखि दैनिक कुशे गाउँपालिकामा ढुवानी हुदै आएको दाल, चामल, नुल, तेल लगाएतका खाद्य सामाग्री, सिमेन्ट, सरिया लगाएतका निर्माण सामाग्री ढुवानीको काम अबरुद्ध भएको निर्माण व्यवसायि संघ, जाजरकोट अध्यक्ष रण बहादुर काकीले बताए ।

लुम्बिनी–रारा पर्यटन राजमार्ग अन्तरगतको खलंगा–पाँचकाटिया सडकलाइ चौबिसै घण्टा संचालनमा राख्न सडक डिभिजन कार्यालयले पाटुखोला र राङसीमा जेसिबि तयारी अबस्थामा राखेको सडक डिभिजन कार्यालय रुकुमपश्चि चौरजहारी प्रमुख डिइ तेजस्वी शर्माले जानकारी दिए । कोटखोलाको सुख्खा पहिरोलाइ हटाएर अबरुद्ध सडकलाइ संचालनमा ल्याउन कार्यालयले सोमबारनै जेसिबी प्रयोग गरेको कार्यालय प्रमुख डिइ शर्माको भनाइ रहेको छ । उक्त पहिरो हटाउन जेसिवीबाट सम्भव भएन, स्क्यावेटर ल्याउनलाइ नजिक टेलर नभएको हुदा समय लाग्यो कार्यालय प्रमुख डिइ शर्माले भने–‘टेलरको बैकल्पिक ब्यबस्था गरि आजनै त्यहाँ स्क्यावेर लिएर पहिरो हटाउदै छौं, वेलुकासम्म उक्त सडक खुल्छ ।’

अबरुद्ध सडकलाइ संचालनमा ल्याउन जिल्ला प्रशासन कार्यालयले निरन्तर रुपमा समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सडक डिभिजन कार्यालय चौरजहारीले उक्त पहिरो हटाएर सडक संचालनमा ल्याउन काम गरिरहेको छ प्रजिअ अधिकारीले भने–‘स्क्यावेटर लगाएर तलबाट पहिरो हटाउने काम भइरहेको छ, माथिबाट थप पहिरो आइ रहेको छ ।’ सबैको पहल र प्रयासले आज बेलुकासम्म उक्त सडक संचालनमा आउने प्रजिअ अधिकारीको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस्