–केवी मल्ल
नेपालमा बर्गिय उत्पीडन अन्याय अत्याचारका बिरुद्ध तत्कालिन प्रतिक्रियावादी राज्यसत्ताको ध्वँशगरि नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न २०५२ फाल्गुन १ गतेदेखि शसस्त्र सँघर्ष सहितको महान् जनयुद्धको उदघोष गरियो । जनयुद्ध नेपाली राजनीतिक आन्दोलनको इतिहासमा एक ऐतिहासिक परिघटना मात्र नभयर साहासिक राजनितिक बिद्रोह थियो । जनयुद्धका दश वर्ष विजय र उपलब्धिका वर्षहरु रहे भने, त्यसपछिका समय र बर्षहरु विघटन र पराजयका अबधिका रुपमा रहे ।
माओबादी आन्दोलनमा आएको श्रृङ्खलाबद्ध बिचलनका बिरुद्ध क्रान्तिकारी शक्तिहरुको बिद्रोह पनि भैइनै रहयो । शान्ति प्रक्रियाको सुरुवातमै नेतृत्वमा भयानक रुपमा बिचलन आउना थाल्यो । पार्टी भित्रै अभिजात वर्गको जन्म भयो । माओवादी जनयुद्ध विशाल ग्रामिण भु–भागमा सफल भयो । केन्द्रीय सत्ता र शहरमा जरा गाडेर बसेका ठुला पँुजीपति र सामान्तहरु चौतर्फी घेराबन्दीमा परेपनि माओवादी शान्ति प्रक्रियापछि यिनीहरु फेरी जुरमुराय र माओवादीका बहुसँख्यक नेतृत्वलाइ सँसदीय राजनीतिको भासमा फसाउदै जनयुद्धका आधारभुत मूल्य र मान्यताबाट बिचलित गराउना प्रतिक्रियावादीहरु सफल रहे ।
१. कमरेड मोहन बैद्य ‘किरण’को बिद्रोहः
शान्ति प्रक्रिया र संविधान सभाको पहिलो निर्वाचनपछि नै माओवादीमा कार्यदिशा र नेतृत्वको बदलिदो कार्यशैलिप्रति प्रश्न उठदै आयको थियो । एकातिर जनबिद्रोह भनेर जनता र कार्यकर्तालाई भ्रमित बनाउदै गुमराहामा राख्ने गरियो भने, अर्को तर्फ सँसदिय राजनीतिक दलहरुसँग बिभिन्न मुद्दामा सहमति र सहकार्यको नाममा जनयुद्धका मूल्य मान्यता र आदर्शहरुलाइ च्युत गर्न थालियो । त्यसपछि तत्कालिन उपाध्यक्ष मोहन बैद्य किरणको जनयुद्धको जगमा जनबिद्रोह भन्ने कार्यदिशासहित क्रान्तिकारीहरु अलग हुना बाध्य भए । दोस्रो संविधान सभा बहिष्कार भयो । तर कार्यदिशा जनबिद्रोह भनेपनि ब्यवहारमा उहीँ सँसदिय पार्टीकै चरित्र देखा पर्न थाले यान्त्रिक र जडसुत्रिय बिचारबाट नेतृत्व मुक्त हुन सकेना । सैद्धान्तिक रुपमा मात्र क्रान्तिकारी कार्यदिशा पकडेर हुदैन ब्यवहारिक रुपमा जनता र क्रान्तिसँग जोडिनु पर्छ । सिद्धान्तका किताब लेख्ने विद्वानले पनि अर्को संस्करण संशोधित र परिमार्जित लेखेर नयाँ गतिका कुराहरू थपेका हुन्छन । सिद्धान्तलाई स्थिर मानेर समाजका अन्य अवयवहरूमा मात्र परिवर्तन खोजियो भने, जडसूत्रवादी भैइन्छ । त्यस्तो सिद्धान्त आर्थिक–सामाजिक परिवर्तनका निम्ति काम लाग्दैन । व्यवहारिक त झन् पटक्कै हुँदैन । यसरी बैद्यसँग पनि एकीकृत जनक्रान्तिको नयाँ कार्य दिशा सहित कमरेड बिप्लबको नेतृत्वमा फेरि अर्को बिद्रोह भयो ।
२. बिप्लब र धर्मेन्द्रको बिद्रोहः
विप्लवको नेतृत्वमा पार्टी पुर्नगठनपछि क्रान्तिकारी पँक्तिमा केही नयाँ आशा र उत्साह पलाएको थियो । वर्ग सँघर्षको सुरुवात पनि भैसकेको थियो । आम कार्यकर्ताहरु पुर्ण बलिदानि भाव सहित आन्दोलनमा होमिने आत्मगत अबस्था लगभग परिपक्क बनिसकेको थियो । सर्बहारा वर्गिय आम शोषित उत्पीडित जनसमुदाय एकपछि अर्को गर्दै पार्टी र आन्दोलनको वरिपरि गोलबन्द हुने प्रक्रियाको सुरुवात भयको थियो । जहाँ अन्याय अत्याचार र भ्रष्टचार त्यहाँ विप्लव नेतृत्वको नेकपा भन्ने भाष्य स्थापित भयको थियो । बिभिन्न भ्रष्टचारका काण्ड र नाइकेहरुमाथि कार्बाही भयो । यहि शिलशिलामा राज्यले प्रतिबन्ध लगायो । राज्यको प्रतिबन्धका बाबजुत पार्टी गतिबिधि भैरहेका थिय।एउटा स्तरमा बलिदानको प्रक्रियापनि सुरुवात भैसकेको थियो । प्रतिबन्धमा राज्य आक्रमक रुपमा प्रस्तुत भयपनि क्रान्तिकारी पक्षबाट रक्षात्मक बाहेक कहि कतै प्रतिरोधको योजना बनेन । जसले गर्दा राज्यले चरम दमन गरयो । सयौ नेता कार्यकर्ता गिरफ्तारी र जेलमा बन्दी जीवन बिताउनु प¥यो । हजारौ कमरेडहरुले मुद्धा खेप्नु प¥यो । यहिबेला सरकारसँग वार्ता गरि तिन बुँदे सहमति मार्फत शान्तिपुर्ण राजनितिक प्रतिस्पर्धा गर्ने गरि राज्यसँग नेतृत्वले आत्मासमर्पण ग¥यो । यो सिधै क्रान्तिकारीहरु माथिको धोका र गद्धारी थियो । अझ त्यहि सँसदिय ब्यवस्थालाइ स्वीकार्ने गरि स्थानीय निर्वाचन उपयोग गर्ने गरि केन्द्रीय समिति बैठकमा प्रस्ताब पेश भयो । व्यापक बहसपछि बहुमत केन्द्रीय समितिले यो प्रस्ताव सहि नरहेको निष्कर्ष सहित धर्मेन्द्र बास्तोला कञ्चनको नेतृत्वमा बिद्रोह गरियो । क्रान्तिको नाममा जुझारु अर्थवाद र शासकिय महत्वाकांक्षा विप्लवमा देखा प¥यो । कञ्चनको नेतृत्वमा पार्टी गठन पश्चात् भ्रष्टाचार र जनजिकासँग सम्बन्धित मुद्दामा केन्द्रीत रहि बिभिन्ना आन्दोलन र सँघर्षहरु भय । यसले क्रान्तिकारी जनसमुदायमा फेरि एक प्रकारक आशा जगायो । तर, एकीकृत जनयुद्धको अकर्मण्यता पुर्ण कार्दिशाको बहसमा रुमल्ली रहयो । मोहन बैद्य र बिद्रोही मसालसँग पार्टी एकताको नाममा जनयुद्ध र जनआन्दोलनबाट स्थापित आदर्शहरुलाइ ओझेल पर्ने गरि एकता प्रक्रिया अगाडि बढाइयो । जुन क्रान्तिकारीहरुका लागि सैह्य बिषय थियन । बहुसँख्यक कमरेडहरुले एकताको कुनै औचित्य नभयको निष्कर्ष निकाल्दा निकाल्दै बैद्यसँग अपमानजनक रुपमा सैद्धान्तिक बिषयमा छलफल बहस नै नगरि एकता भयो । त्यसपछी कमरेड महाबिरको नेतृत्वमा नेकपा (माओबादी) गठन गरि बिद्रोह गरियो । जनयुद्ध र जनआन्दोलनबाट स्थापित दिग्गज हस्तीहरु एकपछि अर्को गर्दै सँसोधनवादमा पतित भयपछि माओबादी आन्दोलनका जब्बर बिषयमा उठेका सवालहरुको व्यवहार मार्फत उचित जबाफ दिने बैज्ञानिक समाजवाद स्थापनाको लक्ष्य र जनयुद्धको फौजि कार्यदिशा अबलम्बन गर्नेगरि हामी अगाडि बढिरहेका छौं ।