Hamro Sanchar

(ERDR) परियोजनाले स्थानीय आपतकालिन कार्य संचालन केन्द्रमा सामाग्री सहयोग

प्रकाशित : २०८१/५/८ गते

जजरकोट
कर्णाली प्रदेशका ६ वटा स्थानीय तहका आपतकालिन कार्य संचालन केन्द्रमा (ERDR) परियोजनाले सामाग्री सहयोग गरेको छ । स्थानीय तहमा आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरी सेवा संचालन गर्न (ERDR) परियोजनाले सामाग्री सहयोग गरेको हो ।

गत कातिक १७ गते मध्येराति गएको भुकम्पबाट प्रभावित कर्णाली प्रदेशका ६ वटा स्थानीय तहका आपतकालिन कार्य संचालन केन्द्रमा सिघ्र पुर्नलाभ तथा विपद उत्थानशिल (ERDR) परियोजनाले सामाग्री सहयोग गरेको छ । युएसआइडीको आर्थिक, सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको प्राविधिक सहयोगमा संचालित सिघ्र पुर्नलाभ तथा विपद उत्थानशिल (ERDR) परियोजनाले कर्णाली प्रदेशको भेरी, नलगाड, छेडागाड र आठबीसकोट नगरपालिका र कुशे र सानोभेरी गाउँपालिकाका आपतकालिन कार्य संचालन केन्द्रमा ५५ इन्चको एससीडि, ल्यापटप, प्रिन्ट लगाएतका सामान हस्तान्तरण गरेको कार्यक्रम संयोजक मधुराज उपाध्यायले जानकारी दिए । प्रति आपतकालिन कार्य संचालन केन्द्रमा १ लाख ६१ हजार ८७२ रुपैया ५० पैसाको सामाग्री सहयोग गरेको संयोजक उपाध्यायले बताए ।

सन् २०२४ जनावरी १५ देखि संचालित उक्त परियोजनाले कर्णाली प्रदेशका ६ वटा स्थानीय तहमा प्रति पालिकामा ५ लाखको स्थानीय विपद व्यवस्थापन कोष स्थापना गरेका छौं कार्यक्रम संयोजक उपाध्यायले भने–‘५ लाखको स्थानीय विपद व्यवस्थापन कोषबाट स्थानीय प्रतिकार्य व्यवस्थापनमा खर्च गर्न पाउने व्यवस्था गरेका छौं ।’ ६ वटै स्थानीय तहमा दुइ दिने कार्यशाला गोष्ठी सम्पन्न गरी परियोजनाले स्थानीय विपद व्यवसथपन कोष परिचालन सम्बन्धि निदेर्शिका निर्माण गर्नुको साथै कार्यपालिकाबाट जारी गरी कार्यान्वयनमा आएको कार्यक्रम संयोजक उपाध्यायले बताएका छन् ।

कार्यक्रम संयोजक उपाध्यायले दिएको जानकारी अनुसार परियोजनाले भौचर सहयोग सहायताको माध्यामबाट प्रतिपरिवार १५ हजार बराबरको एक हजार घरधुरीलाइ न्यानो कपडा वितरण गरेको छ । त्यसैगरी परियोजनाले प्रति घरधुरी १५ हजारको दरले एक हजार घरधुरीलाइ बहुँउदेश्य नगद सहायता सहयोग गरेको छ । प्रतिघर परिवार १९ हजार बराबरको ९९० घरपरिवारलाइ परियोजनाले शौचालय सामाग्री सहयोग गरेको छ । परियोजनाले सहयोग गरेका सबै गत कातिक १७ गतेको भुकम्प पीडित हुन् ।

त्यसैगरि परियोजनाले प्रतिमहिना, प्रतिघरपरिवार १ हजार २०० बराबरको एक हजार घरपरिवारलाइ ६ महिनासम्म स्वच्छता सम्बन्धिको सामाग्री सहयोग गरेको कार्यक्रम संयोजक उपाध्यायले जानकारी दिएका छन् । त्यसैगरी परियोजनाले ६ वटा स्थानीय तहमा १२ वटा ग्रुपमा २९२ जनालाइ भुकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि तालिम दिएको संयोजक उपाध्यायले बताए । तालिममा २५९ जना पूरुष र ३३ जना महिला सहभागी भएका थिए ।

त्यसैगरी ६ वटा स्थानीय तहमा कार्यरत १९ जना ईन्जिनियरलाइ परियोजनाले ५ दिने भुकम्प प्रतिराधी भवन निर्माण सम्बन्धिको टट् तालिम दिएको उपाध्यायले बताए । तालिमा १८ जना पुरुष सहभागी भएका थिए भने, एक जना महिला सहभागी भएकी थिइन् । उक्त परियोजना कार्यरत ६ वटा स्थानीय तहमा आगामी नोभेम्बर १५ तारिखसम्म संचालित रहने संयोजक उपाध्यायले बताएका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्